
कुनै पनि राजनीतिक परिवर्तन वा सत्ता परिवर्तनका लागि कुनै पनि पार्टीले तत्काल उपलव्ध सबैभन्दा उन्नत अत्याधुनिक प्रविधिको प्रयोग गर्न सकिएन भने समय अनुसार आन्दोलनको गतिलाई अगाडि बढाउन सकिँदैन । अहिले विश्वमा भएका क्रान्तिकारी आन्दोलन विरोधीहरुले दमन गरेर मात्र समाप्त भएका छैनन् । समय सापेक्ष अनुसारका कार्यमा प्रविधिको सही र तीव्रगतिलाई आत्मासाथ नगर्दा आफ्नै कारणले कमजोर वा समाप्त हुन गएका नमिठा अनुभवहरु रहेका छन् ।
विज्ञान भनेको के हो ? विज्ञान भनेको संसारका घटनाहरू, तत्वहरू, प्रक्रियाहरूको अध्ययन र अनुसन्धान गर्ने प्रणाली हो । यसमा तथ्य, थ्योरी, साध्यलाई प्रयोग गरेर विश्वको नियम र सिद्धान्तहरूलाई बुझ्न प्रयास गरिन्छ । विज्ञानका विभिन्न शाखाहरू छन्, जस्तैः भौतिक विज्ञानः पदार्थ, ऊर्जा, गति, र तिनका सम्बन्धहरूको अध्ययन गर्दछ । यसमा भौतिक, रसायन, र खगोलीय विज्ञान समावेश छन् । जीवविज्ञानः यसले जीवन र जीवजन्तुहरूको अध्ययन गर्दछ । यसमा कोशिका, वनस्पति, जनावर, पारिस्थितिकी र सन्तान वृद्धि विषयमा अध्ययन गरिन्छ । भूविज्ञानः यसले पृथ्वीको संरचना, प्रक्रियाहरू, र इतिहासको अध्ययन गर्दछ । यसमा भूगर्भशास्त्र, जलविज्ञान, र वातावरण विज्ञान समावेश छन् । समाजिक विज्ञानः यसले मानव व्यवहार र समाजका संरचनाहरूको अध्ययन गर्दछ । यसमा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र, र राजनीति विज्ञान समावेश छन् । विज्ञानले प्रयोगात्मक विधिमार्फत तथ्यहरूलाई प्रमाणित गर्ने प्रयास गर्दछ । विज्ञानको विधि प्रयोग गरेर प्राप्त ज्ञानलाई हाम्रो दैनिकीमा, प्राविधिक विकासमा, स्वास्थ्य सेवामा र क्रान्तिकारी आन्दोलनमा उपयोग गर्न सकिन्छ । हामीले मुलतः सामाजिक विज्ञान भित्रका मानव व्यवहार, समाजिक संरचना, जनताको मनोविज्ञान, अर्थशास्त्र र राजनीति विज्ञान बारे माक्र्सवादी दृष्टिकोण अवलम्वन गरेको हुन्छ ।
राजनीतिमा समाज विज्ञानलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणवाट सही तरिकाले अध्ययन गरेर वुझ्ने, त्यसलाई आत्मासात गरेर आफ्नो जीवन र समाजमा लागू गर्नुपर्ने हुन्छ । द्वन्द्वात्मक भौतिकवादका मुख्य र सहायक विज्ञानका नियमहरु रहेको छन् । मुख्य नियममा प्रतिपक्षको एकता र संघर्ष, मात्रात्मक परिवर्तन र गुणात्मक रुपान्तरण, निषेधको निषेधका नियमहरु रहेका छन् । सहायक विज्ञानका नियमहरुमा विशिष्ट र सामान्य, सार र रुप, अन्तर्वस्तु र आकृति, वास्तविकता र सम्भावना रहेका छन । माओले विकास गरेको अन्तर्विरोधका नियमहरु अन्तर्विरोधको सर्वव्यापकता र विशिष्टता, अन्तविरोधको प्रधान र गौण पक्ष, एकात्मकता र संघर्ष र शुत्रताको स्थान भन्ने नियमहरु पनि समाज विकासको क्रममा समाजमा भएका अन्तरविरोधहरुलाई यही नियम अनुसार हेर्ने वुझ्ने लागू गर्ने गर्नु पर्दछ । यसो नगरेमा हामीले समाजलाइ विज्ञान सम्मत तरिकाले नभइ मनोगतरुपमा बुझ्ने गरेर गलत ठाउँमा पुग्ने सम्भावना हुन्छ । समाज विज्ञानका नियमहरु आधारभूतरुपमा क्रान्तिकारी पार्टीका सदस्य एव कार्यकर्ता नेतालाई ज्ञान हुन जरुरी छ । नेतृत्वले क्रान्तिकारी आन्दोलनलाई कहिले दक्षिणपन्थी भड्काव कहिले उग्रवामपन्थी भड्काउमा लिन सक्छ द्वन्द्वात्मक भौतिकवाद विज्ञानका नियमहरुको ज्ञान भएका पार्टी सदस्य तथा कार्यकर्ताले मात्र नेतृत्वलाई सही दिशामा अगाडि बढाउन मदत गर्न सक्छन् । समाज विज्ञानका नियमहरुका बारे थाहा नभएका कार्यकर्ताले नेताको निर्देशन पर्खिन्छ, सोही कुरामा विश्वास गर्छ निर्देशन वा आदेश सही छ वा छैन समाज विज्ञानका नियमहरु सँग मेलखान्छ वा खाँदैन आलोचनात्मक चेतको हेक्का नराखी पालना र लागू गर्छ । जसका कारण नेपालको क्रान्तिकारी आन्दोलन कहिले उग्रवामपन्थी भड्कावले क्षतिपु¥याउँछ भन्ने मुलतः दक्षिपन्थी भडकावले नै क्रान्तिकारी आन्दोलनलाई क्षयीकरण गरेको छ ।
प्रविधि के हो? प्रविधि भनेको मानवको आवश्यकता र चाहनाहरूलाई पूरा गर्नकोलागि वैज्ञानिक ज्ञान र सीपहरूको प्रयोग गरेर बनाइएका उपकरण, प्रक्रिया र प्रणालीहरूको समुच्चय हो । प्रविधिको अर्थ केवल उपकरण वा मेसिनसम्म सीमित छैन; यसले मानव जीवनलाई सजिलो, गुणस्तरीय र प्रभावकारी बनाउनका लागि सृजना गरिएका खोज र विधिहरूलाई समावेश गर्दछ ।
प्रविधिका केही प्रमुख विशेषताहरू हुन्छन् ।
उपकरण र साधनः प्रविधिमा विभिन्न प्रकारका उपकरणहरू र मेसिनहरू समावेश छन्, जस्तै कम्प्युटर, स्मार्टफोन, चिकित्सा उपकरणहरू, र निर्माणकालागि प्रयोग गरिने यन्त्रहरू ।
कार्य प्रणाली र प्रक्रियाः प्रविधि कुनै विशेष कार्य पूरा गर्नका लागि प्रक्रियाहरू र विधिहरू विकास गर्नेमा आधारित हुन्छ । यो अनुसन्धान, विकास, उत्पादन, र वितरण जस्ता क्षेत्रहरूमा लागू हुन्छ ।
समस्याको समाधानः प्रविधि समस्याहरू पहिचान गर्न र तिनको समाधान गर्नका लागि सिर्जना गरिएको छ । जस्तै, कृषि प्रविधिहरूलाई बढाएर खाद्य उत्पादनमा वृद्धि गर्ने प्रयास गरिन्छ ।
सामाजिक र आर्थिक प्रभावः प्रविधिले समाजमा र अर्थतन्त्रमा गहिरो प्रभाव पार्न सक्छ । सूचना प्रविधि, राउन्ड बाउन्ड व्यवसाय, स्वास्थ्य सेवा, र यातायातमा प्रविधिको योगदानले मानव जीवनको गुणस्तर सुधारेको छ ।
प्रविधि र विज्ञानको सम्बन्धः विज्ञानले प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ, प्रविधिले पनि वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउँछ मदत गर्छ । संक्षेपमा, प्रविधि मानव जीवनलाई सहज बनाउन र उच्च जीवनस्तरका लागि नयाँ समाधानहरू प्रदान गर्नमा महत्वपूर्ण विधि रहेकोछ ।
नयाँ विकास भएका प्रविधिहरूमा विभिन्न क्षेत्रका नवीनतम खोज र आविस्कारहरू समावेश हुन्छन् । यहाँ केहीउल्लेखनीय प्रविधिहरूका विषयमा संक्षिप्त चर्चा गरिएको छः
आर्टिफिशियल इंटेलिजेन्स (AI): AI प्रविधि, जसले मेशिनहरूलाई मानव जस्तै सोच्न र काम गर्न सक्षम बनाउँछ, यसको विकासले विभिन्न उद्योगहरूमा क्रान्ति ल्याएको छ । उदाहरणका लागि, छविहरूको पहिचान, प्राकृतिक भाषाको प्रक्रिया र स्वचालित सिफारिस प्रणालीहरू । ब्लक चेनः वित्तीय क्षेत्रदेखि लिएर आपूर्ति श्रृंखलासम्म, ब्लकचेन प्रविधिले डेटा संरक्षण र पारदर्शितालाई सुधार्ने महत्वपूर्ण भूमिका खेलिरहेको छ । यो प्रविधिले पारंपरिक प्रक्रियाहरूलाई सुरक्षित र अधिक विश्वसनीय बनाएको छ ।
इन्टरनेट अफ थिंग्स (IOT): IOT(प्र्रविधि, जसले विभिन्न उपकरणहरूलाई इन्टरननेटमा जडान गर्न सक्षम बनाउँछ, यसले स्मार्ट घरहरू, स्मार्ट सहरहरू र उद्योगका लागि स्वचालनको नयाँ स्तर प्रदान गरेको छ । क्लाउड कम्प्युटिङः क्लाउड सेवाहरूले उद्यम र व्यक्तिगत उपयोगकर्ताहरूलाई डेटा भंडारण र प्रोसेसिङको लागि सुलभ र लचिलो समाधान उपलब्ध गराइरहेका छन् । यसले काम गर्नको नयाँ तरिकाहरू र लचिलोकरणको अवसरहरू प्रदान गर्दछ ।
जीन सम्पादन (CRISPR): यस प्रविधिले जीवविज्ञानमा गहन परिवर्तन ल्याएको छ । स्वास्थ्यसम्बन्धी अनुसन्धान र चिकित्सा उपचारमा नयाँ सम्भावनाहरू खोलेको छ ।
वर्चुअल र ऐडेड रियलिटी ): यो प्रविधि खेल, शिक्षा र चिकित्सा जस्ता क्षेत्रमा इमर्सिभ अनुभवहरूको लागि प्रयोग हुँदैछ ।फाइभ जी (५न) नेटवर्कः यो उच्च गतिको मोबाइल नेटवर्कले डेटा ट्रान्सफरमा ठूलो सुधार ल्याएको छ, जसले क्ष्यत् स्मार्ट प्रविधीहरूको विकासलाई रफ्तार दिएको छ । रोबोटिक्सः विभिन्न उद्योगमा रोबोट र स्वचालित यन्त्रहरूको प्रयोगले उत्पादन र सेवामा दक्षता वृद्धि गरिरहेको छ । यसै गरी सामरिक क्षेत्रमा प्रयोग हुने नयाँ प्रविधिहरूले शत्रुता र सुरक्षा रणनीतिको क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको छ । यहाँ केही प्रमुख प्रविधिहरूको सक्षिप्त चर्चा गरिएकोछ–
ड्रोन टेक्नोलोजीः मानवरहित ड्रोनहरूले हवाई निगरानी, लक्षित हमलाहरू र मापन कार्यहरूमा अनुगमन तथा प्रहार गर्न सक्षम बनाउँछन् । साइबर वारफेयरः प्रणालीमा म्यानेज भएका साइबर आक्रमण र डाटा चोरी गर्ने प्रविधिहरू । यो सूचनालाई नष्ट गर्न, बिगार्न र शत्रुका संचार प्रणालीलाई जडान बिच्छेद गर्नमा प्रयोग गरिन्छ ।
आर्टिफिशियल इंटेलिजेन्स : विशेष गरी मिलिटरी रोबोटिक्स, निर्णय समर्थन प्रणालीहरूमा र शत्रुताको अनुगमनमा प्रयोग गरिन्छ । AI प्रविधि शत्रुहरूको पहिचान र विश्लेषणमा सहायक बनिरहेको छ ।
स्मार्ट बम र मिसाइलः यी प्रविधिहरूले लक्षित समस्याको समाधान गर्न र अचूकता वृद्धि गर्न सक्षम बनाउँछन् । यिनीहरूले तोकिएको लक्ष्यमा सटिकता र प्रभावकारिता वृद्धि गर्छ ।
हाइपरसोनिक वेपन्सः यी अत्यधिक गतिको मिसाइलहरू अत्यधिक रफ्तार र लघुगणकीय क्षमताहरूका साथ सशस्त्र रक्षामा नयाँ चुनौती ल्याइरहेका छन् । साइबर डिफेन्स सिस्टमः यी प्रणालीहरूले सेना सामान र संचारको सुरक्षा सुनिश्चित गर्नका लागि विकास गरिएका छन्, जसले साइबर आक्रमणबाट जोगाउन मद्दत गर्छ । रबोटिक्स र अनामिक यन्त्रहरूः आत्मनिर्भर रोबोटहरू र अनामिक यन्त्रहरुले जोखिमपूर्ण कार्यहरूमा सैनिकहरूको सुरक्षालाई सुनिश्चित गर्दै काम गर्छन् । आधुनिकीकरण भएका ट्यांकर र जलपोतः नयाँ प्रविधिहरूले यस्ता यन्त्रहरूलाई अधिक सक्षम र लचिला बनाएका छन् ।
भर्चुअल र ऐडेड रियलिटी : प्रविधिहरू सैनिक तालिममा प्रयोग हुनुको साथै, यथार्थपरक युद्ध सामथ्र्यको विकास गर्नमा सहयोग पु¥याउँछन् । स्मार्ट सामग्री र रक्षाः नयाँ सामाग्रीहरू जसले सडक, इन्फ्रास्ट्रक्चर, र रक्षात्मक उपकरणहरूको सुरक्षा र स्थायित्व बढाउँछन् ।
हामीले आफ्ना विचारहरुलाई लाखौ लाख जनताकहाँ पु¥याई सो विचारमा सहानभुति, समर्थन, सहयोग, सहभागी र संगठित गराई क्रान्तिमा जनतालाई परिचालित गर्नका लागि परम्परागत कार्यशैली तैरतरिकाहरुमा परिवर्तन गरेर अहिलेको नयाँ प्रविधिहरुलाई प्रयोग गर्नु पर्छ । जस्तै हामीले आफ्ना विचार धारणा पर्चामा छापेर ती पर्चाहरुलाई हेण्ड टु हेण्ड वितरण गर्ने गरेका छौ । एक लाख पर्चा छाप्न वितरण गर्दा जनताले समाते पनि कतिले यसमा लेखेका कुरा पढ्छन ? पढेकाले कतिले वुझ्छन ? कति वुझेकाहरुले हाम्रो विचार प्रति सहानभुति समर्थन जनाउछ ? एकलाख मान्छे सम्म पुग्छ वा पुग्दैन भन्न सकिँदैन तर लागत समय जनशक्तिको प्रयोगको हिसावले यो घेरै महङ्गो शहरी क्षेत्रमा अव्यवहारिक हुन्छ भन्ने मोवाइल प्रयोग नगर्ने जनताको क्षेत्रमा मात्र आवश्यक हुन्छ । पर्चामा लेख्ने विषय(कण्टेन) लाई स्क्रिप्ड, अडियो भिडियो वनाएर निश्चित क्षेत्र उमेर समुह समय निर्धारण गरेर बोष्टिङ गरेमा कम जनशक्तिले लाखौ लाख जनताको मोवाइल, ल्यापटप, कम्प्युटरमा रहेको फेसवुक, ह्वाटसअफ, इस्टाग्राम वा अन्य माध्यमबाट व्यक्ति–व्यक्ति कहाँ पुग्छ । त्यसको शैली शव्द र प्रस्तुति आकर्षक वनाएमा जो–जस्कोमा पुग्छ, उनीहरुले चाहेर वा नचाहेर पनि एकपटक पढ्न सुन्न हेर्न वाध्यकारी हुन्छ ।
दशलाख व्यक्तिहरु कहाँ पार्टीको विचार पुग्न सकेमा पाँच लाखले पढे सुन्ने हेर्ने भनेपनि यी मध्येका एक लाखले सो विचार प्रति सहानभुति समर्थन जनाएमा एक लाख मध्ये दश हजार मात्र नयाँ समर्थन पार्टीमा भित्रिन सकेमा पार्टीको सँगठनात्मक शक्ति मात्रात्मक रुपमा भए पनि विकास हुदै जाने छन । हामीले गरेको जुनसुकै कामको समीक्षा गरेर त्यसका राम्रो पक्ष र कमजोरी पक्षलाई छुट्टयाएर नयाँ काम गर्दा कमजोरी नहुने गरी गर्न आवश्यक छ । हामी वैज्ञानिक पार्टीका सदस्य, कार्यकर्ता र नेता हौ । तर हामीहरुको जीवनशैली वा दैनिक व्यवहारमा हामीले कति प्रविधिको अवलम्वन गरेर व्यक्तिगत जीवन वा पार्टी जीवनका काम गरेका छौ? एक पटक गम्भीर भएर सोच्नपर्छ कि ?प्रविधिले पार्टी क्रान्तिको कामलाई मात्र होइन, स्वयम व्यक्तिको व्यक्तिगत जीवनलाई उन्नत समृद्धि, सहज र प्रभावकारी वनाइ दिने छ । अहिले प्रविधि सँ–सँगै हामीले आफ्नो पार्टी जीवन एवं काम कावाहीलाई अन्तरघुलन गरेर लिन सकेनौं भन्ने नयाँ पुस्ता प्रविधि र समय भन्दा हामी सातकोष पछाडि रहने छौ ।
हामी दुश्मन शक्तिको दमनका कारण भन्दा पनि विकसित प्रविधिको अवलम्वन गर्न नसकेका कारण क्षयीकरण हुँदै जाने छौ । त्यसकारण प्रत्येक पार्टी सदस्यले आधारभूत नयाँ प्रविधिसँग पार्टी जीवनलाई अभ्यस्त गरेर लैजानु पर्ने अहिलेको आवश्यकता रहेको छ । प्रविधिको प्रयोगले पार्टीका सबै काम कार्वाही उन्नत, प्रभावकारी तथा सहज र सजिला बनाएर व्यापक जनतालाई संगठित एवं परिचालन गर्न सहयोग पुग्ने छ । यसले पार्टी जीवन तथा व्यक्तिगत जीवनमा पनि प्रविधिको महत्वपूर्ण भूमिका रहने छन । पार्टीले पार्टी संयन्त्रहरुलाई नयाँ नयाँ प्रविधि मैत्री वनाएर लैजानु अति आवश्यक भएर आएको छ ।