सन्तबहादुर नेपाली

राष्ट्रिय एकता महाधिवेशनको समीक्षा

राष्ट्रिय एकता महाधिवेशनको समीक्षा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौमा सम्पन्न भयो । पार्टीका सबै तहका समितिहरूमा महाधिवेशनको अवश्य पनि समीक्षा हुने छ,तथापि यहाँ संक्षिप्तमा प्रारम्भिक समीक्षा राखिएकोछ । यो महाधिवेशन अवश्यमेव दीर्घकालीन महत्वको हुनेछ । महाधिवेशनको मुख्य दुई वटा कार्य हुन्छ ,एक वैचारिक कार्य र दुई सांगठनिक कार्य । यसलाई अर्को शब्दमा नीति र नेतृत्व तय गर्ने पनि भनिन्छ । यो महाधिवेशनको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको यसले पार्टीको सही राजनीतिक कार्यदिशा तय गरेको छ । नयाँ जनवादको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवादमा पुग्नका लागि कार्यनीतिक शृङ्खला तय गरिएकोछ । जन संघर्ष , प्रतिरोध संघर्ष…
Read More
राष्ट्रिय एकता महाधिवेशन सफल पारौं

राष्ट्रिय एकता महाधिवेशन सफल पारौं

लेखक : मनु विक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन यही मंसिर १३ देखि २३ गतेसम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको छ । “राष्ट्रिय एकता महाधिवेशन भव्यरुपमा सफल पारौं । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौं ।”भन्ने मूल नाराका साथ राष्ट्रिय एकता महाधिवेशन सम्पन्न हुन गइरहेको छ । एकता महाधिवशेनको सन्दर्भमा देशव्यापी रुपमा भेला सम्मेलनहरु सम्पन्न भइरहेका छन् । महाधिवेशको प्रचार प्रसार तीव्र रुपमा भइहेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला तथा केन्द्रका कार्यकर्ताहरु महाधिवेशन सफल पार्नकोलागि निरन्तररुपमा जनभेटघाट ,छलफलमा लागिपरेका छन् । महाधिवेशन सफल पार्नको लागि हरतरहले लाग्नु पर्ने भएको छ ।महाधिवेशनकोलागि क्रान्तिकारी कम्युनिष्ट पार्टी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बाग्लुङकाे सचिवमा मिशन खत्री

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बाग्लुङकाे सचिवमा मिशन खत्री

बाग्लुङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बाग्लुङको एकताको जिल्ला सम्मेलनले मिशन खत्रीको नेतृत्वमा १९ सदस्यीय बाग्लुङ जिल्ला समिति सदस्य चयन गरेको छ । शुक्रबार र शनिबार भएकाे सम्मेलनले १९ जना सदस्यलाई चयन गरेको छ जिल्ला सम्मेलनको उद्घाटन सत्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य प्रमुख अतिथि, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य चिन्तामणि पाैडेल अतिथि रहनु भएकाे थियो । कार्यक्रमकाे अध्यक्षता रबिले गर्नु भएकाे थियाे भने सञ्चालन प्रविन गुरूङले गर्नु भएकाे थियाे ।
Read More
अखिल (क्रान्तिकारी) काठमाडाैँले बुझायाे सिडियोलाई ध्यानकर्षण पत्र

अखिल (क्रान्तिकारी) काठमाडाैँले बुझायाे सिडियोलाई ध्यानकर्षण पत्र

लेख बहादुर श्रेष्ठ (सागर)/काठमाडौं : अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले चाडवाड लक्षित तथा बाढिपहिरोको समस्याहरुलाई लिएर ६ बुँदे ज्ञापन पत्र काठमाडौं जिल्लाका सिडियो जयनारायण आचार्यलाई बुझाएका छन । तस्विर : जय दाहाल अनेरास्ववियू (क्रान्तिाकारी)का ईन्चार्ज अज्ञात र संयोजक दिनेशद्धारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा उपभोक्त तथा सर्वसाधारणहरुको समस्याहरुलाई तत्काल हल गर्न अनुरोध गरिएको छ । ज्ञापनपत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारीले सबै समस्याहरुको समाधान गरिने भन्दै कार्यालयबाटै बढी भाडा लिने व्यक्तिहरुलाई तत्काल कारवाही गर्न निर्देशन समेत दिनु भएको थियो । सर्वसाधारणलाई कुनै पनि व्यापारीहरुले ठगेको पाईएमा तथा मुल्य सूचि उल्लेख नगरेको पाईएमा साथै कुनै पनि उपभोक्ता सामानमा उत्पादन मिति र…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न

कञ्चनपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन असोज ६ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला संयोजक बिष्णु राम दमाईको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनमा प्रमुख अतिथि केन्द्रीय कार्यालय सदस्य इन्द्रमोहन सिग्देल हुनुहुन्थ्यो । सम्मेलनमा केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज लालबहादुर जाग्री, प्रदेश संयोजक रामबहादुर चौधरी, प्रदेश सहसंयोजक रामबहादुर केसी लगायतको आतिथ्यता रहेको थियोे । सम्मेलन उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज विक्रान्त, प्रदेश संयोजक चौधरी, प्रदेश इन्चार्ज जाग्रीले शुभकामना मन्तव्य राख्नुभएको थियोे । प्रमुख अतिथि सिग्देलले आगामी महाधिवेशनमा पार्टीको कार्यदिशा, रणनीति, कार्यनीति कस्तो हुने र क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने विषय बहसको मुख्य विषय भएको बताउँदै कञ्चनपुरको जिल्ला सम्मेलन…
Read More
गोलञ्जोर गाउँपालिका समितिको एकता सम्मेलन सम्पन्न

गोलञ्जोर गाउँपालिका समितिको एकता सम्मेलन सम्पन्न

सिन्धुली : २०८१ भाद्र ३०गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला अन्तर्गत गोलञ्जोर गाउँपालिका समितिको एकता संम्मेलन जिल्ला इन्चार्ज जीवनको आतिथ्यता र अर्जुन थापाको अध्यक्षतामा सम्पन्न गरियो । उक्त एकता सम्मेलनले ९ सदस्यीय गोलञ्जोर गाउँपालिका समिति निर्माण गरेको छ, जसमा सेक्रेटरी उमेश मगराती र सहसेक्रेटरी डिल्लीमान तोलंगे निर्वाचित भए । जिल्ला संम्मेलनको प्रतिनिधित्व सिङ्गो गोलञ्जोर गाउँपालिका समितिले गर्ने निर्णय भयो । सिन्धुली जिल्लामा छ वटा गाउँपालिकामा आगामी असोज १० गतेसम्म एकता संम्मेलन सम्पन्न गरी पार्टी हेडक्वार्टरको निर्देशन अनुसार सिन्धुली जिल्ला समितिको एकता जिल्ला संम्मेलन आगामी असोज १८ र १९ गते सिन्धुलीमाढी बजारमा गरिने जानकारी गराइन्छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली दुधौलीकाे नगर संम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली दुधौलीकाे नगर संम्मेलन सम्पन्न

सिन्धुली : भाद्र २९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति सिन्धुली अन्तर्गत दुधौली नगर संम्मेलन जिल्ला इन्चार्ज जीवनको आतिथ्य र जिल्ला सदस्य तवीर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त संमेलनलले तवीर बिश्वकर्मा सेक्रेटरी र सन्तोष कार्कीलाई सहसेक्रेटरीमा चयन गर्दै १३ सदस्यीय नगर समिति निर्माण गरेको छ । साथै सिङगो नगर समिति सदस्यहरूव्दारा आगामी असोज १८ र १९ गते हुने एकता जिल्ला संमेलनको प्रतिनीधि चयन गर्ने काम पनि गरेको छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैंकाे एकता सम्मेलन, संयोजक किरणद्वारा रिमोटबाट ब्यानर उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैंकाे एकता सम्मेलन, संयोजक किरणद्वारा रिमोटबाट ब्यानर उद्घाटन

अनु निराैला/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमान्डौ जिल्लाको सम्मेलन सुरु भएको छ । घट्टेकुलाेस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणले रिमोटबाट ब्यानरको पर्दा हटाएर गर्नु भएको थियो । संयोजक किरणको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्रलाई संयोजक किरण, पार्टीका बरिष्ठ नेता गौरव, केन्द्रीय सहसंयोजक असिम, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । काठमान्डौ जिल्ला संयोजक प्रकाशको सभापतित्व र नारायण शर्माको सञ्चालनमा सम्पन्न भएको अधिवेशनको उद्घाटन सत्रलाई हेमन्तले स्वागत मन्तव्य राख्नुभएको…
Read More
जनवाद र केन्द्रियता एक सिक्काका दुई पाटा हुन्

जनवाद र केन्द्रियता एक सिक्काका दुई पाटा हुन्

पार्टी संगठनलाई व्यवस्थित, अनुशासित र क्रान्तिकारी बनाउनको लागि लेनिनवादी संगठनात्मक पद्धतिलाई लागु गर्नु पर्दछ । लेनिनले पार्टीमा संगठनात्मक पद्धतिको विकाशमा जोड दिएका थिए । लेनिनवादी संगठनात्मक पद्धति अन्तरगत जनवादी केन्द्रीयता एउटा महत्वपूर्ण पक्ष हो । क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र जनवादी केन्द्रियताको सिद्धान्त अनिवार्य हुन्छ । कम्युनिष्ट पार्टी सर्वहारावर्गको पार्टी हो । सर्वहारा वर्गको पार्टी भित्र जनवाद र केन्द्रीयता दुवै समान हुन्छ । १. जनवाद के हो ? व्यक्ति छलफलमा स्वतन्त्र हुन्छ । आफ्नो मनमा लागेका कुराहरू आ“फु सम्बन्धित कमिटि वा आफु भन्दा उच्च कमिटिमा राख्न पाउने अधिकार हुन्छ । त्यतिमात्र हैन मत दिने, मत लिने र भिन्न मत प्रकट गर्ने अधिकार…
Read More
राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

संसदवादी, संशोधनवादी र अवसरवादी कम्युनिस्टहरुको व्यापक भण्डाफोर पर्नेमा जोड गोविन्द पौडेल/ज्ञानु खतिवडा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षता र मोर्चाका सचिवालय सदस्य संगित श्रोताको सञ्चालनमा मोर्चाको भेला सम्पन्न भएको हो । प्रमुख अतिथि किरणले व्यानर पढेर उद्घाटन गर्नुभएको भेलालाई पुष्कर गौतमले स्वागत गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका संयोजक मोहन वैद्य किरणले नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न छरिएर रहेका सबै क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । सडकदेखि संसद…
Read More