
देखे मैले
दुई आगाहरु
भिन्दा भिन्दै
भविष्यका कर्णधार
युद्ध मोर्चामा
देख्न वितिकै
अकल
अकल
भनी बोलाउछ
सगै बस्छ
इष्या छैन
सगै खेल्छ
झगडा छैन
यी सबै मेलमा
विचारका आगाहरु
दिदी भन्छ
डल्ली
बहिनी भन्छ
थोटे
मिठास बोलिवेदीहरु
एक अर्कामा
गणतन्त्र
मकरतन्त्र
हुकुमितन्त्र भन्छ
कहिले
तन्त्र
मन्त्र
जन्त्र
जान्दै जान्दैन भन्छ
राजदरवार
सिहदरवारमा
तल्लिन हुन
दिशा
गति
मति उल्टाउन
विचार झुक्याउन
आधा ससार ढाक्ने
ती दुई आगाहरु
लग मार्च छोडी
मिडिया मार्चको
महासागरमा यात्रा गर्दै
देख्यो कि
अकल
अकल
भनी बोलाउछ….