महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुस १ गतेदेखि सघन उपचारमा रहनुभएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण स्वास्थ्यमा सुधार भई अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । उहाँ माघ १४ गते साँझ अस्पतालबाट डिस्चार्ज हुनुभएको पार्टीका कार्यवाहक महासचिव गौरवले एक वक्तव्यमार्फत् जानकारी गराउनु भएको छ ।

स्वास प्रश्वासको दीर्घरोगी उहाँ निमोनियाबाट समेत संक्रमित हुनुहुन्थ्यो । उहाँको उपचारमा संलग्न डा. निरज बम, शिक्षण अस्पताल महाराजगजका स्वासप्रश्वास विभागका प्रमुख डा. सन्त कुमार दास, सघन उपचार कक्षका डाक्टर प्रमेश श्रेष्ठ तथा डा. सुवाश आचार्य सहित अन्य डाक्टरहरु र परिचारिकाहरुको अथक प्रयास र अस्पतालका सम्बन्धित प्रशासक एवम् कर्मचारीहरुको सहयोगले उहाँले स्वास्थ्य लाभ गर्नु भएको जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा महासचिव किरणको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्दै उपचारको प्रक्रियामा प्रत्यक्षरुपमा अहोरात्र खट्ने पार्टीका जिम्मेवार कमरेडहरु, उपचार खर्च जुटाउन सहयोग गर्ने पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरु र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?