क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १६ वटै ब्युरोमा प्रशिक्षणको कार्यक्रम राखेकोछ । जस अन्तरगत अहिले ५, ७, ९, १० र ११ नम्बर ब्युरोका प्रशिक्षण सम्पन्न भएका छन् । गत जेष्ठ ६ देखि ८ सम्म काठमाडौंमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पोलिटब्युरो बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्न तथा गत मंसिरमा पार्टीको राष्ट्रिय एकता महाधिवेशनले पारित गरेका सिद्धान्त ,राजनीति , नीति , कार्यक्रममा स्पष्टताका लागि यो प्रशिक्षण आयोजना गरिएको पार्टी स्रोतले हाँकलाई जानकारी गराएको छ। ९ नम्बर व्युरो ( काठमाडौ उपत्यका) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं . ब्यूरो को आयोजनामा बैचारिक , राजनीतिक प्रशिक्षण सम्पन्न भएकोछ।ब्यूरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता,…