संक्रमणकालीन न्यायको कसीमा सत्यनिरूपण तथा मेलमिलाप
लेखक : परी थापा पृष्ठभूमिःतत्कालीन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री रहेका गिरिजा प्रसाद कोइराला र तत्कालीन विद्रोही शक्ति (पक्ष) का तर्फबाट तत्कालीन ने. क. पा. (माओवादी) का अध्यक्ष रहेका पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच वि. सं. २०६३ साल मंसिर महिनाको ५ गतेका दिन विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर सम्पन्न भएको थियो । उक्त सम्झौता सम्पन्न भएपश्चात तत्कालीन ने. क. पा. (माओवादी) द्वारा वि. सं. २०५२ साल फागुन १ गतेका दिनदेखि सुरु गरिएको जनयुद्ध (सशस्त्र विद्रोह) को अन्त्य भएको घोषणा गरिएको थियो ।सो विस्तृत शान्ति सम्झौता अन्तर्गत बुंदा नं. ८ मा “मतभेद तथा कार्यान्वयन संयन्त्र” भन्ने शिर्षकको उप बुँदा ४ मा “यो सम्झौता,…