अखिल भारत नेपाली एकता समाज
यो तीजमा उपस्थित सबलाई स्वागत
देशमा काम नपाएर आको हामी भारतमा
हामी सधै लाग्नु पर्छ एकता समाजमा

मजदुरको गर्भबाट एकता समाज जन्मियो
समाज हामीलाई किन चाहिन्छ बल्ल सम्झियो
चिनौं हामी सबैले हाम्रो समाज कुन हो
मजदुरको हितमा लड्ने एकता समाज हो
अन्याय र अत्याचारको विरोध गर्न सिकाउँछ
वर्ग शत्रु को हुन भन्ने यसले चिनाउँछ
जनताका समस्या समाधान गर्दछ
समाजको महत्व हाम्ले बुझ्नु पर्दछ
असंगठित जनतालाई संगठित बनाउँछ
वर्गीय भावनाको विकास गराउँछ
समाजमा लाग्नुपर्छ हक हाम्रो दिलाउँछ
छरिएका नेपालीलाई एक ठाउँ मिलाउँछ
बंगालदेखि गुजरात कस्मिरदेखि केरला
नेपाली मजदुरमाथि हुन्छन् हमला
दुःख गरी पैसा कमाई घर जाने बेलामा
लुटपाट हुन्छौं हामी यात्रु रेलमा
भिडभाड रेलको यात्रा मान्छे धेरै कराउँछन्
डिप्रेसनमा परेपछि रेलमै हराउँछन्
कोही खसे रेलबाट कोही मरे रेलमा
के नै छ र मजदुरको जिन्दगानीमा
आत्महत्या गरी मरे धेरै मजदुर चेन्नैमा
दुःखको खबरले पा¥यो बेचैन
एकपटक जिन्दगी हो बुझौं हाम्ले महत्व
जीवन भए सबै छ बचाउ अस्तित्व
आपत विपत पर्दा खेरी समाज अघि सर्दछ
समाजको सदस्यता बन्नुपर्दछ
आफ्नो नाम हेर्ने हैन जनसेवा गर्नुछ
संगठनमा लागेर अघि बढ्नु छ ।
रोक्छु मैले यही अब चलिराको कलम
यो गीतको विदा भयो लालसलाम