क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दियाे कृष्णवाला श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाण्डौ : लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिको सदस्य भक्तपुर निवासी कृष्णवाला श्रेष्ठप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय प्रवक्ता सुदर्शनले भाद्र १२ गते एक शोक वक्तव्य प्रकाशित गर्दै पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । कृष्णवालाको २०८१ साल भाद्र १२ गते बिहान ५ बजे ८२ वर्षको उमेरमा असामयिक निधन हुन पुगेको छ । शोक वक्तव्यमा कृष्णवाला क्रान्तिकारी आन्दोलनमा संधै सक्रिय र निष्ठावान रहने गरेको कुरा जनाईएको छ । शोक वक्तव्यको पूर्णपाठ यसप्रकार रहेको छ – “ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य क.कृष्णवाला श्रेष्ठको आज बिहान ५ बजे भक्तपुर जिल्लाको मध्यपुर अस्पतालमा पक्षघातका कारण ८२ वर्षको उमेरमा निधन भएको छ । भक्तपुर जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टीको संस्थापकहरुमध्ये एक उहाँ क. बैकुण्ठमान श्रेष्ठका समकालीन र पाँचौ महाधिवेशनमा भक्तपुरबाट प्रतिनिधि हुनुहुन्थ्यो । कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीप्रति निष्ठावान रही स्वास्थ्यले साथ दिएसम्म कुनै पनि बैठक र कार्यक्रममा सहभागी तथा सक्रिय रहिरहने क. श्रेष्ठलाई विशेष स्मरण गर्दै हाम्रो पार्टी उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुको साथै शोकाकूल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।“

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?