क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले किन दियो ओली सरकारलाई यस्ताे चेतावनी
काठमाडौं : एमालेका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारले बँचेखुचेका राष्ट्रिय उद्योगहरुको पनि निजीकरणको नाममा बेचिखान खोजेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सशक्त जनसंघर्षको चेतावनी दिएको छ । पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन'ले एक प्रेस वक्तव्य जारी गरी सरकारलाई यस्तो चेतावनी दिनुभएको हो । वक्तव्यमा भनिएको छ, “ त्यसकारण हाम्रो पार्टी देशमा राष्ट्रिय पुँजीविकासको आधारकारुपमा यहाँ उल्लेखित लगायत सम्पूर्ण उद्योगहरु पुनर्सञ्चालन गरी थप विकास गर्न, देशमा रोजगारी नपाएर अन्तर्राष्ट्रिय श्रम बजारमा बेचिएको श्रम शक्तिलाई फिर्ता बोलाई यी उद्योगहरुमा रोजगारी दिन र राष्ट्रिय पुँजीको विकास गर्न सम्बन्धित निकायसँग विशेष माग गर्दछौँ । यदि नेपाली जनताको यो मागप्रति बेवास्ता गरियो भने हाम्रो…