क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको सचिवमा लाङ्घाली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको दोस्रो एकताको सम्मेलन सम्पन्न

रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछापको एकताको दाेस्राे जिल्ला सम्मेलनले लाङ्घालीको नेतृत्वमा १५ सदस्यीय रामेछाप जिल्ला समिति सदस्य चयन गरेको छ । शुक्रबार भएकाे सम्मेलनले १२ जना सदस्यलाई चयन गरेको छ र ३ सदस्यलाई पछि जिल्ला समितिले मनोनित गर्ने बताइएको छ ।

चयन हुनेमा जिल्ला सेक्रेटरी लाङ्घाली, सदस्यहरू काजीबाबु, सुजन, विजय, विद्राेह, भिम तामाङ, विनाेद केसी, जुवन सिंह, इन्द्र तामाङ, उपेन्द्र, छत्र ढुंगेल, नवराज रहनु भएकोछ ।

बाबुकाजी, विजय र प्रज्वल सदस्य रहेकाे अध्यक्ष मण्डलकाे नेतृत्वमा बन्द सत्र सम्पन्न भएकाे थियाे।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश संयाेजक उक्त कार्यक्रमकाे प्रमुख अतिथिसमेत रहनु भएका अटलले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराउनु भएको थियो ।

जिल्ला सम्मेलनको उद्घाटन सत्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश संयाेजक प्रमुख अतिथि, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एकता महाधिवेशन आयोजक समितिका केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज गगन र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नम्बर प्रदेश संगठन समितिका कार्यालय सचिव प्रज्वल अतिथि रहनु भएकाे थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?