क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही जिल्ला सचिवमा लक्ष्मीकान्त पौडेल निर्वाचित

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रुपन्देही जिल्लाको एकता सम्मेलनले लक्ष्मिकान्त पौडेलको नेतृत्वमा १९ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।यहि असोज ४ र ५ गते – “सबैखाले अवसरवार र प्रतिक्रियावाद विरुद्ध संघर्ष गरौं । अनुशासित , जुझारु र बृहत कम्युनिस्ट पार्टी निर्माण गर्दै सर्वहारा वर्गको मुक्ति आन्दोलनमा सहभागी बनौं।।” भन्ने मुल नारा सहित रुपन्देही जिल्लाको सैनामैनामा सम्पन्न जिल्ला एकता सम्मेलनले पौडेललाई जिल्ला सचिवमा निर्वाचित गरेको केन्द्रीय सदस्य तथा जिल्ला संयोजक दिपक पौडेलले जानकारी दिनुभयो ।

जिल्ला सम्मेलनको उद्घघाटन पार्टीका केन्द्रीय सहसंयोजक सन्त बहादुर नेपालीले गर्नुभएको थियो। उद्घाटन सत्रमा पार्टीका केन्द्रिय कार्यालय सदस्यद्वय कृष्णराज पौडेल, हरिभक्त कण्डेल, केन्द्रीय सदस्य अटल , समिर, पर्वत, समर्थन लगायतका नेताहरुले शुभकामना मन्ततव्य व्यक्त गर्नुभयो ।पार्टीको बिधान अनुसार १९ सदस्य निर्वाचनबाट र ६ जना निर्वाचित जिल्ला समितिले मनोनित गर्ने प्रावधान रहेकोे छ, पुर्ण जिल्ला समिति २५ सदस्य हुने समंयोजक दिपक पौडेलले बताउनु भयो।एकता सम्मेलन जिल्ला संयोजक दिपक पौडेलको अध्यक्षता, शक्तिको संचालन र बिक्रमको स्वागतमा सम्पन्न भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?