क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे मोटरसाइकल र्‍याली

बाँके : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँके र वर्दिया जिल्लाले राष्ट्रिय एकता महाधिवेशन सफल पार्न, बाँके र वर्दियामा असोज, १० गतेमोटरसाइकल¥याली आयोजना गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज प्रेम सुवेदीले पार्टीको झण्डा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक दिपकबहादुर शाहीलाई हस्तान्तरण गरेर ¥यालीको उदघाटन गरिएको थियो । वर्दियाको बाँसगडीवाट सुरु भएको ¥याली भुरीगाउँ , ठाकुरद्रार, राजापुर, ताराताल, गुलरिया, मैंनापोखर, हुदै बाँकेको सिलघारि, खजुरा, नेपालगन्जको धम्वोझि हुँदै कोहोलपुरमा आई समापन भएको थियो ।जिल्लाको मुख्य मुख्य चोकहरुमा कोण सभा गर्दै ¥याली अगाडि बढेको थियो ।

सभामा वक्तहरुले पार्टीको आगामि कार्यक्रम उदेश्य र नेपालमा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको एकता धुर्विकरण, आवश्यक रहेको र नेपालमा नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादको दिशामा जानको लागि सम्पुर्ण आन्दोलनको माध्यमले आम जनतालाई राजनीतिक रुपमा सेचेत र सु संगठित गर्नु पर्नेमा वक्ताहरुले जोड दिए, र अहिलेको मुख्य कार्यभार राष्ट्रिय एकताको महाधिवेशन सफल पार्न सबै आम जनसमुदायमा आवहान गरेका थिए। अब हुने क्रान्तिकारी आन्दोलनले नेपालमा महंगी नहुने, भ्रष्टाचारीलाई कार्वाही गर्ने ,राष्ट्र र राष्ट्रियता सुदृढ हुने, देशमा स्वाधीन अर्थतन्त्र निर्माण गर्ने नेपालको कृषि प्रणालीलाई पुर्ण वैज्ञानिक र प्रविधि मैत्री बनाउन, र शिक्षा, स्वास्थ्य निःशुल्क हुने, व्यवस्था स्थापना गर्न, सवै खाले प्रतिक्रियावादीहरुलाई प्ररास्त गर्नु पर्नेमा जोड दिए। उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य वालकृष्ण वली केन्द्रीय सदस्यहरु भुकम्प, विपिन, कुशल, केन्द्रीय सल्लाहकार कर्णाली, वर्दिया जिल्ला पार्टी संयोजक प्रेम थापा सवै जनवर्गीय संगठनका प्रमुखहरु रहेका थिए।

By जन बिहानी

Related Posts