‘यो संविधान किन खारेज गर्नुपर्छ ?
प्रा.डा.ओम गुरुङ पृष्ठभूमिलामो पर्खाइपछि ०७२ असोज ३ गते नयाँ संविधान जारी हुँदा नेपाली कांग्रेस, तत्कालीन नेकपा ९एमाले० र एनेकपा ९माओवादी० तथा तिनका समर्थकले संसारकै उत्कृष्ट, दक्षिण एसियामा सबैभन्दा प्रगतिशील र नेपालका लागि युगान्तकारी भन्दै संविधानको स्वागत गर्न आमनेपालीलाई आह्वान गरे । तर, संवैधानिक विधि र लोेकतान्त्रिक प्रक्रियाका आधारमा जारी नभएर हतार–हतारमा चार राजनीतिक दलले आफ्ना राजनीतिक स्वार्थअनुरूप वैशाख २५ गते गरेको १६ बुँदे प्रतिगामी सहमतिको आधारमा जारी गरेको संविधानले आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, अपांगता भएका, खस तथा अन्य उपेक्षितरउत्पीडित वर्ग समुदायको भावना र चाहना पूरा गर्न सकेन । उनीहरूले संविधानलाई प्रतिगामी, यथास्थितिवादी र जनविरोधी भन्दै सुरुदेखि नै तीव्र विरोध गर्दै…