महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाण्डौले महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न गरेको छ । यसै सन्दर्भमा २०८१ मंसिर ३ गते कीर्तिपुर बाघभैरवमा कोणसभा सम्पन्न भएको हो । कार्यक्रमको संचालन रमेश महर्जनले गरेका थिए कार्यक्रममा केन्द्रीय प्रवक्ता सुदर्शन र तीन नं प्रदेश संयोजक अटलले सम्बोधन गरेका थिए ।

साथै दक्षिणकालीको फर्पिङमा पनि कोण सभा सम्पन्न भएको सभाको उद्घोषण सुरेश तामाङले गरेका थिए भने काडमाण्डौ जिल्ला सदस्य बन्धुदेव पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

सोही दिन नै कीर्तिपुरको पाँगा दोबाटोमा कोणसभा सम्पन्न भएको छ । कोण सभामा सचिन महर्जन लगायतले सम्बोधन गरेका थिए । काठमाण्डौ जिल्लाका इन्चार्ज पुस्कर श्रेष्ठ विद्यार्थी नेता प्रवेश रुम्बा महिला नेतृ कमला चन्द, नेवा मोर्चाबाट ज्ञानेन्द्र प्रजापति, जनजाति नेता एन महर्जन लगायतले सम्बोधन गरेका थिए ।

२०८१ मंसिर ४ गते काठमाण्डौको गौशालामा कोणसभा सम्पन्न गरेको छ । जसको संचालन बोजराज श्रेष्ठको रहेको थियो भने वक्ताहरुमा पुष्कर श्रेष्ठ, प्रवेश रुम्बा कमला चन्द ,ठाकुर तिमिल्सिनाले सम्बोधन गरेका थिए ।

त्यस्तै गरी त्रिपुरेश्वरको वंशीघाटमा कोण सभा सम्पन्न भएको छ । त्रिपुरेश्वरमा सम्पन्न कोण सभाको सञ्चालन मंगल तामाङले गरेका थिए भने वक्ताहरुमा केदार खतिवडा, मधु श्रेष्ठ, दिनेश जोशी र मिनबहादुर रहेका थिए ।

वक्ताहरुले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको मंसिर १३ –२३ सम्म काठमाण्डौमा सम्पन्न हुन गैरहेको राष्ट्रिय एकता महाधिवेशनको बारेमा जानकारी दिनुका साथै मंसिर १६ गतेका लागि घोषणा गरेको स्थानीय तह निर्वाचनको सशक्त बहिस्कार गर्न धारणाहरु राखेका थिए ।

By जन बिहानी

Related Posts