क्रन्तिकारी कम्युनिस्ट पार्टीको तुलसीपुर नगर सम्मेलन सम्पन्न
दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिका नगर एकता सम्मेलन तुलसीपुरको बिजौरीमा साेमबार सम्पन्न भएको छ ।पार्टीको नगर संयोजक इश्वरी प्रसाद गैरेको अध्यक्षतामा भएको सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नारायण योगी , पार्टीका रोल्पा जिल्ला इञ्चार्ज नारायण भण्डारी नगर इञ्चार्ज सशिराम बुढाथोकीको बिशेष उपस्थितिमा एकता सम्मेलन सम्पन्न भएको छ ।एकता सम्मेलनले मन बहादुर वलीलाई तुलसीपुर उपमहानगरपालिका सचिवमा सर्बसम्मत निर्बाचित गरेको छ ।उक्त सम्मेलनले १५ सदस्यीय तुलसीपुर उपमहानगरपालिका नगर समिति गठन गरेको छ ।निर्बाचित नयाँ नगर समितिलाई बधाई तथा शुभकामना दिदै दाङ जिल्ला इञ्चार्ज नारायण योगीले तिनवटा पार्टी भत्काएर नयाँ पार्टी जन्मेको हुदा अबको दिन…