क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, मकवानपुरको प्रथम भेला सम्पन्न

मकवानपुर : माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, मकवानपुरको प्रथम जिल्ला भेला मंगलबार सम्पन्न भएको छ।

उक्त भेलाले सद्दाम हुसेनकाे नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेकाे छ भने बाँकी १ जना सदस्य पछि थप गर्ने निर्णय गरेकाे जानकारी पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज गणेश खड्की ‘गगन’ले जन बिहानीलाई दिनु भएकाे छ ।

निर्वाचित हुनेहरू सचिवमा सद्दाम हुसेन, सदस्यहरूमा मनकुमार न्याैपाने, हरिकुमार विक, दिपक लामा, मिन बहादुर गाैतम, सचिता देवकाेटा, प्रभा श्रेष्ठ, जावेद अन्सारी, सेराद अन्सारी, अमर लामा रहेका छन् ।

भेलालाई प्रमुख अतिथि एवं क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज गणेश खड्की ‘गगन’ ले नयाँ जनवादी क्रान्तिकाे खुड्किलाे पार गर्दै वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्नु पर्ने बताउनु भयाे । उहाँले पार्टीकाे राष्ट्रिय एकता महाधिवेशन सफल पार्न मकवानपुर जिल्लाकाे महत्वपूर्ण याेगदान हुने बताउनु भयाे ।

त्यसैगरी अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय सल्लाहाकार समितिका सदस्य माधवलाल श्रेष्ठले ‘धर्मेन्द्र वास्तोला ‘कञ्चन’ गुटहरू चाेइटेर जानु कुनै अनाैठाे हाेइन, पार्टी एकता भएकाे एक वर्षमा चाेइटेर जानु गलत भएकाे’ बताउनु भयाे ।

भेलाकाे सद्दाम हुसेनकाे अध्यक्षता, मनकुमार न्याैपानेकाे सञ्चालनमा दिपक लामाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?