धनुषा : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको मंसिर १३–२३ सम्म काठमाण्डौमा सम्पन्न हुन गईरहेको एकता महाधिवेशन नजिकिँदै गर्दा देशभर धमाधम भेला सम्मेलनहरू भैरहेका छन् । यसै सन्दर्भमा २. प्रदेश अन्तर्गत भेला सम्मेलनहरु सम्पन्न भैसकेका छन् ।
यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सप्तरी जिल्लाको जिल्ला भेला २०८१ आश्विन ३ गते रोशनको अध्यक्षता सागरको प्रमुख आतिथ्यता, प्रकाशको उद्घोषण र सुनिलको स्वागतमा सम्पन्न भएको छ ।

जसमा अतिथिहरुरमेश र मानसिंह रहेका थिए । शहिदहरु प्रति एक मिनेट मौन धारण पछि अगाडि बढेको भेलामा प्रमुख अतिथि, अतिथिहरुले नेपालको कम्युनष्ट आन्दोलन, समसामयिक विषयवस्तुको बारेमा आ-आफ्ना धारणाहरु राख्दै भेला सफलताको शुभ कामना दिएका थिए । भेलाले नौ सदस्य पूर्ण र तीन सदस्य वैकल्पिक गरी जिल्ला कमिटीको निर्माण गरेको छ । भेलो रोशनलाई सचिवमा चयन गरको छ ।
यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महोत्तरी जिल्लाको सम्मेलन २०८१ आश्विन ९ गते विशालको अध्यक्षता, सागरको प्रमुख आतिथ्यता, शम्भुको सञ्चालन र प्रकाशकाे स्वागतमा सम्पन्न भएको छ । जसमा अतिथिहरु रमेश र महेश रहेका थिए ।
सम्मेलनले १५ सदस्य पूर्ण, तीन सदस्य वैकल्पिक गरी १८ सदस्यीय जिल्ला समितिको निर्माण गरेको छ । निर्वाचित जिल्ला समितिको बैठकले विशाललाई सचिवमा चयन गरेको छ ।

यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रौतहट जिल्लाको जिल्ला भेला प्रलादको अध्यक्षता, सागरको प्रमुख आतिथ्यता, रमेशको सञ्चालनमा २०८१ आश्विन १४ गते सम्पन्न भएको छ ।
जसमा अतिथिहरु रमेश र महेश रहेका थिए । भेलाले १५ सदस्य पूर्ण र पाँच सदस्य वैकल्पिक रहने गरी जिल्ला समितिको निर्वाचन गरेको छ । निर्वाचित जिल्ला समिति ले कमरेड रामबाबुलाई सचिवमा चयन गरेको छ ।
यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी सिराहा जिल्लाको सम्मेलन विश्वासको अध्यक्षता, सागरको प्रमुख आतिथ्यता, शम्भुको सञ्चालन र उदयको स्वागतमा २०८१ आश्विन ४ सिराहा जिल्लामा सम्पन्न भएको छ ।
जसमा अतिथिहरुरमेश र मानसिंह रहेका थिए । सम्मेलनले १९ सदस्य पूर्ण र पाँच सदस्य वैकल्पिक गरी जिल्ला समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको बैठकले विश्वासलाई सचिवमा निर्वाचित गरेको छ ।
यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको धनुषा जिल्लाको जिल्ला भेला अध्यक्षता तथा सञ्चालन शीत्तलको अध्यक्षता तथा सञ्चालन सागरको प्रमुख आतिथ्यतामा २०८१ आश्विन ५ गते सम्पन्न भएको छ । भेलाले ११ पूर्ण र तीन सदस्य वैकल्पिक १४ सदस्सीय जिल्ला समितिको निर्माण गरेको छ ।

यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी सर्लाही जिल्लाको जिल्ला सम्मेलन सन्ध्याको अध्यक्षता र सञ्चालन, सागरको प्रमुख आतिथ्यतामा २०८१ आश्विन ८ गते सम्पन्न भएको छ ।
जसमा अतिथिहरु कमल, नारायण, रमेश रहेका थिए । सम्मेलनले १५ पूर्ण र पाँच वैकल्पिकसहित जिल्ला समितिको निर्वाचन गरेको छ । सम्मेलनले सन्ध्यालाई सचिवमा निर्वाचित गरेको छ ।