क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनको एकता सम्मेलन सम्पन्न

सम्मेलनले क. विकास सेक्रेटरी र जगतल सहसेक्रेटरी रहने गरि ३१ सदस्यीय समिति निर्वाचित

भरतपुर : महाधिवेशनको राजनैतिक , वैचारिक र सांगठनिक छलफलमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालले चितवनमा पनि महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो सांगठनिक कार्यक्रमहरु अधि बढाएको छ । पार्टीको सेल, वडा कमिटीहरु गठन पुनर्गठन गर्दै नगर र पालिका स्तरीय भेला सम्मेलनहर सम्पन्न गरेर यहि असोज १९ र २० गते जिल्ला सम्मेलन भव्यतापूर्वक सम्पन्न गरेको छ ।

२०८१र ६र१९ गते उद्घाटन सत्र ,र बन्द सत्र गरि दुई सत्र एवं २० गते महाधिवेशन केन्द्रित वहसको एक विशेष सत्र सञ्चालन रिएको थियो । १९ गतेका दिन भरतपुरमा एकता जिल्ला सम्मेलनको प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य चन्द्रहरी सुवेदी अटलले मैनबत्ती बालेर उद्घाटन गर्नु भयो । जिल््ला संयोजक कुलप्रसाद रिजाल जगतको अध्यक्षता एवं पार्टी केन्द्रिय सचिवालय सदस्य तथा क्रान्तिकारी महिला संगठन नेपालका अध्यक्ष अम्बिका मुडभरी , पार्टीका केन्द्रिय सदस्य एवं चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा बिकास , केन्द्रिय सल्लाहकार दिवाकर न्यौपाने , कमल गिरि प्रदेश सल्लाहकार नरबहादुर गौतम , कल्पना क्षेत्री, सहिद मिनबहादुर कुवर अनिसका बुबा खड्ग बहादुर कुवर, जिल्ला सल्लाहकार समितिका संयोजक इश्वरी ओझा लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन बाबुराम प्यासी परियारले गर्नु भएको थियो । आयोजक समितिका तर्फबाट कमल गिरिले स्वागत मन्तव्य व्यक्त गर्नु भयो ।
कार्यक्रमको शुरुआतमा देश र जनताको मुक्तिका लागि जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुको स्मृति एवं बेपत्ता पारिनु भएका योद्धा कमरेडहरु र घाइते तथा अपांग योद्धाहरुको सम्मानमा एक मिनेटको मौन धारण गरियो । सामुहिक रुपले कम्युनिस्ट अन्तर्राष्ट्रिय गायन पनि प्रस्तुत गरियो ।
एकता जिल्ला सम्मेलनकै क्रममा पुराना कम्युनिस्ट नेता एवं प्रगतिवादी साहित्यकार बाबुराम पाण्डेलाई कम्युनिस्ट आन्दोलनमा उहाँले र्पुयाउनु भएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको छ । बि स २००३ सालमा तनहुँमा जन्मनु भई २०२६ सालमा गौरिभक्त प्रधानले नेतृत्व गर्नु भएको चितवन जिल्लाको पुष्पलाल समुहबाट कम्युनिस्ट आन्दोलनमा जोडिनु भएका पाण्डे हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको चितवन जिल्ला सल्लाहकार हुनुहुन्छ । अभिनन्दन पत्र सहित दोसल्ला ओडाएर प्रमुख अतिथि अटलले उहाँलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा बाबुराम पाण्डेले आफ्नो अनुभुती र चितवनको राजनैतिक एवं सामाजिक इतिहास विषयमा संक्षिप्त मन्तव्य राख्नु भयो । विगत देखिनै चितवन जिल्ला समितिले आफ्ना अग्रजहरुलाई जिल्ला सम्मेलन र अधिवेशन वा विशेष कार्यक्रमहरुमा सम्मान वा अभिनन्दन गर्दै आइ रहेको छ । यस अघि पनि तत्कालीन नेकपा (माओवादीले २०७० आठौं जिल्ला अधिवेशनमा जगतबहादुर श्रेष्ठ , तत्कालीन नेकपा ९क्रान्तिकारी माओवादी ० ले २०७५ नवौं जिल्ला सम्मेलनमा इश्वरी ओझालाई अभिनन्दन गरि सकेको छ ।

क्रान्तिकारी महिला संगठन नेपालका अध्यक्ष अम्बिका मुडभरीले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै पार्टीमा पैदा भएका संकटलाई एकता महाधिवेशनले राजनैतिक , वैचारिक र सांगठनिक हिसाबले हल गर्ने विश्वास व्यक्त गर्दै सबैलाई महाधिवेशनमा केन्द्रित हुन पनि अपिल गर्नु भयो । उहाँले चितवन जिल्लाको वर्गसंघर्ष र अन्तरसंघर्षको संक्षिप्त चर्चा गर्दै विगतमा झैं चितवनले आफ्नो भुमिका पूरा गर्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रमुख अतिथी क अटलले चितवन जिल्लाको कम्युनिस्ट आन्दोलनको पृष्ठभुमि र आगामी आन्दोलनमा चितवनको भुमिका बारेमा चर्चा गर्नु भएको थियोे । आसन्न महाधिवेशनमा केन्द्रिय कार्यालयका तर्फबाट प्रस्तुत हुने मुख्य राजनैतिक प्रतिवेदन , यसका परिपुरक हुनेगरी विभिन्न समितिहरुले तयार पारेका प्रतिवेदनहरु , पार्टी भित्र छलफलमा रहेका केही फरक मत समेत पार्टी सदस्य सम्मलाई छलफलमा सहभागी गराएर महाधिवेशनलाई राजनैतिक ( बैचारिक निष्कर्ष र सांगठनिक एकतालाई मजबुत बनाई क्रान्तीको पहल र नेतृत्व गर्नसक्ने पार्टी निर्माण गर्नु पर्ने आवस्यक भएकोले सम्पुर्ण पार्टी सदस्य सम्मलाई यो महान वहसमा सहभागी हुन पनि अटलले आह्वान गर्नु भएको छ । उहाँले दस्तावेजको संक्षिप्त चर्चा गर्दै नेपालको राजनैतिक र सामरिक कार्यदिशा बारे आगामी महाधिवेशनको प्रक्रियामा यो बहसका निम्ति पार्टी केन्द्रले प्रकाशित गरेको दस्तावेजहरुको अध्ययन र छलफलमा सहभागी हुन अपिल गर्नु भयो

नारायण शर्मा बिपिन , फिरल महतो र कल्पना पौडेल सदस्य रहेको अध्यक्ष मण्डलको नेतृत्वमा बन्द सत्रको थालनी भयो ।
क। जगन्नाथ ढकालको संयोजकत्वमा पूर्व सेक्रेटरी सुरेश गौतम र कुसुम खड्का रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरियो ।

बन्दसत्रमा आयोजक समितिका तर्फबाट इन्चार्ज विकासले राजनैतिक , सांगठनिक र आर्थिक प्रतिवेदन पेश गर्नु भयो जसलाई सम्मेलनले एकमतले पारित गरेको छ ।

सम्मेलनले क विकास सेक्रेटरी र जगतल सहसेक्रेटरी रहने गरि ३१ सदस्यीय समिति निर्वाचित गरेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई जिल्लाका पूर्व सेक्रेटरी सुरेस गौतम र जिल्ला सल्लाहकार जगन्नाथ ढकालले बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

सम्मेलनको दोश्रो दिन महाधिवेशनमा प्रस्तुत भएका दस्तावेजहरुमाथी अभिमुखिकरण तथा छलफल सम्पन्न भएको छ । पार्टी केसका सहसंयोजक असिम , केन्द्रिय कार्यालय सदस्य अटल र दर्पणले विभिन्न शिर्षकका दस्तावेहरु माथी आफ्ना मत सहित छलफलको विषय उठान गर्नु भएको थिए ।

कार्यक्रममा इश्वरी ओझा र मिसम अधिकारीले गित एवं कविता वाचन गर्नु भएको थियो । कक्षा पाँचकि विद्यार्थी स्तुति मनन छेत्रीले सुन्दर नृत्य प्रस्तुत गर्नु भएको थियो

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?