क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना संचार तथा प्रकाशन विभागको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न
ललितपुर : २०८१ फागुन १७ गते ललितपुरको कुपन्डोलमा सूचना, संचार तथा प्रकाशन विभागका प्रमुख क हेमन्त प्रकाश ओली सुदर्शनको अध्यक्षतामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना, संचार तथा प्रकाशन विभागको प्रथम बैठक सम्पन्न भयो । उक्त सम्पन्न बैठकले गरेका निर्णय यस प्रकार रहेको विभागको स्रोतले जनाएकोछ :१ नेपालका विभिन्न ऐतिहासिक जनआन्दोलन , वर्गसंघर्ष र माहान जनयुद्धमा शाहादत प्राप्त गर्ने अमर सहीदहरुप्रति एक मिनेट मौन धारण गरि भावपूर्ण श्रद्धान्जली र वेपत्ता योद्धा, घाइते अपांगयोद्धा र राजवन्दीहरु प्रति सम्मान प्रकट गरी बैठक प्रारम्भ गरियो ।२ बैठकमा उपस्थित जिम्मेवार कमरेडहरुले आआफनो विगतका जिम्मेवारीका अनुभूतिहरु , वतमानमा आ—आफनो अवस्था र अब के गर्ने भन्ने विषयमा…