
ललितपुर : २०८१ फागुन १७ गते ललितपुरको कुपन्डोलमा सूचना, संचार तथा प्रकाशन विभागका प्रमुख क हेमन्त प्रकाश ओली सुदर्शनको अध्यक्षतामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना, संचार तथा प्रकाशन विभागको प्रथम बैठक सम्पन्न भयो । उक्त सम्पन्न बैठकले गरेका निर्णय यस प्रकार रहेको विभागको स्रोतले जनाएकोछ :
१ नेपालका विभिन्न ऐतिहासिक जनआन्दोलन , वर्गसंघर्ष र माहान जनयुद्धमा शाहादत प्राप्त गर्ने अमर सहीदहरुप्रति एक मिनेट मौन धारण गरि भावपूर्ण श्रद्धान्जली र वेपत्ता योद्धा, घाइते अपांगयोद्धा र राजवन्दीहरु प्रति सम्मान प्रकट गरी बैठक प्रारम्भ गरियो ।
२ बैठकमा उपस्थित जिम्मेवार कमरेडहरुले आआफनो विगतका जिम्मेवारीका अनुभूतिहरु , वतमानमा आ—आफनो अवस्था र अब के गर्ने भन्ने विषयमा केन्द्रीत भएर रिपोर्टिँग गर्नु भयो । जनअनुसार विगतका तितामिठा अनुभवहरुको शिक्षा लिंदै वर्तमान परिस्थितिमा पार्टीले लिएको जिम्मेवारी बहन गर्दै क्रान्तिकारी आशावादबाट प्रेरित भएर भावी काम अगाडि बढाउने निर्णय गरियो ।
३ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति, केन्द्रीय समितिको राजनीतिक परिषद र राजनीतिक परिषदको स्थायी समितिव्दारा प्रेषित परिपत्रहरुको अध्ययन र भाव सम्प्रेषण गरियो । जसअनुसार यसविभागलाई दिइएका जिम्मेवारी कार्यान्वयन गर्ने निर्णय गरियो ।
४ आगामी चैत्र १ गते देखि बैशाख १८ गते सम्म सन्चाल हुने पार्टीको ‘जनसम्बन्ध विस्तार अभियान’मा पार्टीले ठोस गरेअनुसार यस विभागका सदस्यहरु केन्द्रीय अभियान टोलीहरुमा खटने, अभियानका गतिविधिहरु आम जनसमुदायका बीच प्रयाउन हाँक साप्ताहिक र हाँक टुडेमा क दर्पण र क मनु को डेस्क बनाउने र वर्गदृष्टि साप्ताहिक र मूलबाटो अनलाइनमा क गुराँस र क उज्जवल र क क्षितिज रहेको डेस्क बनाउने निर्णय गरियो ।
अभियानका दौरानमा दैनिक अभियानको समाचार संकलन गर्ने र सन्चार माध्यमहरूमा समाचार सम्प्रेषण गर्न अभियान टोली र डेस्क बीच दैनिक सम्पर्क कायम गर्ने ।
५ कार्यविभाजन सम्वन्धमा निम्न निर्णय गरियो :
हाँक साप्ताहिक र हाँक टुडेमा क दर्पण र क मनु रहने तथा वर्गदृष्टि साप्ताहिक र मूलबाटो अनलाइनमा क गुराँस, क उज्जवल , क क्षितिजर क अनु रहने । पार्टीका वैधानिक पत्रिका, मुख पत्र ,सामाजिक सन्जालको सदुपयोग,पत्रकारहरूको तालिम,पार्टी बाहिरका सन्चार माध्यम सितको सम्बन्ध लगायतका विषयमा बैठकले आवश्यक निर्णय लिइएको छ ।
६ प्रकाशनको आर्थिक व्यवस्थापनमा विभन्न विकल्पहरुवारे छलफल गरी निर्णयहरु गरिएको छ, जसलाई आवश्यकताअनुसार सम्वन्धीत ठाउँहरुमा जानकारी गराइने छ ।
७ कार्यालय हाल कुपन्डोलमा नै राख्ने र प्रकाशनका लागि आवश्यक सामाग्री जुटाउन तयारी गर्ने निर्णय गरियो ।