
सिन्धुली : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला समितिको आयोजनामा सिन्धुली जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा फागुन १४–२१सम्म शहीद तथा बेपत्ता परिवारमा भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको ग्वालटारमा महान जनयुद्धको मिति २०५९साल असोज १६ र २०५९ असोज ५गते गोपाल बयलकोटीको छोरा ध्रुव बयलकोटी र मोहन श्रेष्ठको बुवा राम बहादुर श्रेष्ठको शहादात भएको थियो।
मिति २०८१साल फागुन १९ गते जिल्ला पार्टीको आयोजनामा शहीद परिवार भेटघाट कार्यक्रममा जिल्ला सेक्रेटरी जीवनले शहीद परिवार गोपाल बयलकोटी र मोहन श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गर्दै महान जनयुद्धका अमर शहीदले नेपालमा नयाँ जनवादी क्रान्तिकोलागि आफ्नो अमूल्य जीवन त्यागेर शहीद हुनु भ यो। कमरेड किरणबाट पार्टीलाई संशोधनवादी विचारमा नलागी नेपालमा अलग एक लडाकु क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरेको छ ।
पार्टीले माक्र्सवाद –लेनिनवाद र माओवादको आलोकमा जनसंघर्ष, जनप्रतिरोध संघर्ष र सशस्त्र आम जनविद्रोह द्वारा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरी वैज्ञानिक समाजवाद निर्माण कार्य गर्ने उद्देश्यले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी मशाल र नेपाल कम्युनिष्ट पार्टी बहुमत मिलेर बनेको छ ।
यसै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले महान अमर शहीदको सपना साकार तुल्याउने कुरा शहीद परिवार बीच राख्नु भयो। भेटघाट कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य अर्जुन थापाले गर्नु भयो।