
दाङ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति दाङले गोपा कुमारी भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । गोपा कुमारी भण्डारी पार्टीको तुलसीपुर नगर समिति सदस्य गोमा भण्डारी बुढाथोकीको आमा तथा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य शशीराम बुढाथोकीको सासुआमा हुनुहुथ्यो । पार्टीका दाङ जिल्ला सेक्रेटरी इश्वरी गैरेले २०८१ फागुन १२ गते जारी वक्तव्य –
“दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा न. ८ निवासी हाम्रो पार्टीको तुलसीपुर उपमहानगरपालिका नगर समिति सदस्य क. गोमा भण्डारी बुढाथोकीको ममतामयी आमा तथा पार्टीका केन्द्रीय वैकल्पिक सदस्य शशीराम बुढाथोकीको सासुआमा तुलसीपुर ७ गणेषपुर निवासी ८४ वर्षीय गोपा कुमारी भण्डारीको २०८१ फागुन ११ गते बेलुकी ६ बजे भएको दुःखद निधनले हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङ जिल्लासमितिलाई मर्माहात बनाएको छ ।यस शोकपूर्ण घडीमा मृतक आमाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछौं।”
