शिक्षक संगठनको एकता भेला आगामी चैत्र ३० गते काठमाण्डौमा हुँदै

काठमाण्डौ : शिक्षक संगठनहरुको राष्ष्ट्रिय एकता भेला आगामी चैत्र ३० गते काठमाण्डौमा हुने भएको छ । अखिल नेपाल शिक्षक संघका अध्यक्ष नरेन्द्र बहादुर थापा ,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष टैकराम भण्डारी र अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य नाराण्यण प्रसाद भण्डारीद्वारा २०८१ पाmगुन १९ गते संयुक्त रुपमा जारी वक्तव्यमा सो कुा जनाइएको छ ।

वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ।–“आज मिति २०८१ फागुन १९ गते हाम्रा तीन शिक्षक संगठनहरुको संयुक्त बैठक बसी तीन संगठनका शैक्षिक मुद्दाहरु र शिक्षकका समस्याहरुको बारेमा वैचारिक र कार्यक्रमिक विषयमा समान सोच एवम् धारणामा एकरुपता भएकोले संगठनात्मक रुपमा एकता गर्न सहमत भएको निर्णय सहर्ष जानकारी गराउन चाहन्छौं । एकताको राष्ट्रिय भेला यही सालको चैत्र ३० गते काठमाण्डौमा सम्पन्न गर्ने र त्यस भेलाबाट एकता राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिने छ । यस प्रकारको एकता प्र्रक्रियामा सम्पूर्ण न्यायप्रेमी शिक्षक साथीहरु सहभागी भइ भेला सफलतापूर्वक सम्पन्न गर्न र शैक्षिक क्षेत्रका समस्याहरु समाधान गर्न तथा शिक्षक आन्दोलन अगाडि बढाउन समेत आह्वान गर्दछौं ।” क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विभिन्न तीनवटा शिक्षक संगठनहरु, जो एकताको प्रक्रियामा बाँकी थिए।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?