काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना, संचार तथा प्रकाशन विभागको बैठक विभागका प्रमुख हेमन्त प्रकाश ओली सुदर्शनको अध्यक्षतामा सम्पन्न भएको छ । २०८१ फागुन १७ गते सम्पन्न बैठकले गरेका निर्णय यस प्रकार रहेको पार्टी स्रोतले जनाएकोछ
१. बैठकको प्रारम्भमा सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएको थियो ।
२. विभागका सदस्यहरूले सन्चार क्षेत्रको अनुभव आदान प्रदान गर्नुका साथै आगामी कार्यबारे आआफ्नो दृष्टिकोण पेश गरेकाथिए ।
३. आगामी चैत्र १ गते देखि बैशाख १८ गते सम्म सन्चाल हुने पार्टीको जनसम्बन्ध विस्तार अभियानमा विभागबाट नियमित अभियानमा हिड्ने व्यक्तिहरूबारे ठेगान गरिएकोछ ।
४. जनसम्बन्ध विस्तार अभियानलाई ध्यान दिएर केन्द्रमा सन्चार डेस्क निर्माण गर्ने र अभियानको प्रचार गर्ने निर्णय गरिएकोछ । सन्चार डेस्कले दैनिक अभियानको समाचार संकलन गर्ने र सन्चारमाध्यमहरूमा समाचार सम्प्रेषण गर्नेछ ।
५. पार्टीका वैधानिक पत्रिका, मुख पत्र ,सामाजिक सन्जालको सदुपयोग,पत्रकारहरूको तालिम,पार्टी बाहिरका सन्चार माध्यम सितको सम्बन्ध लगायतका विषयमा बैठकले आवश्यक निर्णय लिएको छ ।