११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा क्रान्तिकारी महिला संगठन नेपालको अपील
काठमाडाैँ : क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्विका मुडभरीले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक वक्तव्य प्रकाशित गर्दै ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल सहित विश्वका तमाम संघर्षशिल श्रमिक महिला एवं जनसमुदायमा हार्दिक अभिवादन र शुभकामना व्यक्त गनु भएको छ । “न्याय , समता र विशेषाधिकारको लागि संघर्ष गरौं ! ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सफल पारौं !!”भन्ने मूल नाराका साथ विश्वभरका श्रमिक महिलाहरुले यो बर्षको ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन गइरहेका छन् ।यही शीलशीलामा नेपालमा पनि यो दिवसलाई नेपालका श्रमिक महिलाहरुले आफ्नो हक अधिकारलाई प्राप्त गर्न अझ उच्चप्रकारले संघर्षको आँधीबेहरी सृजना गर्ने प्रतिवद्धता जाहेर…