सहिद बेपत्ता घाइते अपाङ्ग याेद्दाको सपनालाई पूरा गर्न निरन्तर अगाडि बढीरहेको छाैँ : सुदर्शन

काठमाडाैँ : माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा ब्युरो कार्यालय कुपन्डोलमा सहिद सप्ताह फाल्गुन (१४-२१) आज अन्तिम दिनको कार्यक्रम सम्पन्न भएको छ।

ब्युरो सचिव चिन्तामणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्ब ब्युरो इन्चार्ज दिनेश शर्माले सहिद बेपत्ता घाइते अपांग परिवारका आफन्त जनहरुलाइ दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

https://www.facebook.com/janabihaneeonline/videos/960288759567438

सम्मान कार्यक्रममा सहिद सुवर्णा ओलीका पिता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले सहिद बेपत्ता घाइते अपांगको सपनालाई पुरा गर्न हामी निरन्तर अगाडि बढीरहेको र त्यो बाटोबाट बिचलित नहुने प्रतिबद्धता जनाउनु भएको थियो ।

बेपत्ता योद्धाको आफन्तको तर्फबाट उक्त पार्टीका पोलिट ब्युरो सदस्य दिनेश शर्माले क्रान्तिका अधुरा काम पूरा गर्ने आफ्नो मिसन रहेको भनाइ राख्नु भयो । ज्ञानु खतिवडाको सञ्चालनमा सप्पन्न कार्यक्रममा शहिदहरु प्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गरिएको थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?