राष्ट्रिय क्रान्तिकारी मोर्चाद्वारा अमेरिकी साम्राज्यवादको भण्डाफोर

काठमाडाैँ : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले “प्यालेष्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौं !” भन्ने नारासहित एक विरोध कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार भएकाे विरोध कार्यक्रममा राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक तथा नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अहिले तत्कालकालागि संयुक्त राष्ट्रसंघले अगाडि सारेको इजरायल र प्यालेष्टाइनको दुई राज्यको अवधारणा मान्नु नै समस्या समाधानको प्रारम्भिक कदम हुन सक्छ भन्नु भयो ।सुवेदीले अगाडि भन्नु भयो “ देशविहीन हुनु भन्दा बरु दुई राज्यको नीतिलाई स्वीकार गरेर आफ्ना मान्यताहरु राख्दै जान नै सही हुन्छ ।

संयुक्त राष्ट्रसंघको उक्त प्रस्तावलाई नेटो राष्ट्रबाहेक सबैले स्वीकार गरेका छन्। ” सुवेदीले अगाडि भन्नु भयो , गाजालाई टुरिष्ट हब बनाउने ट्रम्पको भनाइ जातीय सफायाको नीति हो । विश्वभरीबाट त्यो नीतिको विरोध गरिनु पर्दछ ।” सुवेदीले रुस र चीनलाई लडाएर आफ्नो सुप्रिमेसी (सर्वोच्चता ) कायम राख्ने प्रयास गरेको भए पनि अब अमेरिकी साम्राज्यवाद ओरालो लागिसकेको छ भन्नु भयो ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवाद धोकेवाज हुन् भन्नु भयो ।इजरायल प्यालेष्टाइन युद्धमा ४६ हजार भन्दा धेरै प्यालेष्टाइनीहरुले ज्यान गुमाएका थिए ।

युद्धविराम पछि पनि १३९जना प्यालेष्टाइनीहरुलाई उनीहरुले मारे, कति धोकेवाज छन् ? नेता नेपालीले भन्नु भयो ।उहाँले एम सीसी खारेज हुन राम्रो हो भन्दै एमसीसीमा फेरि षडयन्त्र हुन सक्ने भएकाले नेपालीहरु सजग हुन अनुरोध गर्नु भयो । अहिले युक्रेनमा खनिज पदार्थ लुट्न अमेरिकाले दिइरहेको दबाबको प्रसंग उठाउँदै त्यो स्थिति नेपालमाथि पनि आउन सक्ने भएकाले नेपालीहरु चनाखो हुनु पर्ने वहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय क्रान्तिकारी मोर्चाका सदस्य तथा नेकपा माक्र्सवादी पुष्पलालका नेता अच्यूत ज्ञवालीले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता लोकनारायण सुवेदी ,संचालन क्रान्तिकारी महिलासंगठनका सहसंयोजक शारदा महत र स्वागत मोर्चाका सदस्य शैलज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा जोर्डनियन युनिटी पपुलर डेमोक्रेटिक पार्टीका अमिन अरारको भाषणलाई पत्रकार उषाले वाचन गरेर सुनाउनु भएको थियो ।कार्यक्रममा शुरु तथा अन्त्यमा अमेरिकी साम्राज्यवाद मुर्दावाद । विपिन जोशीलाई तत्काल रिहाइ गर , प्यालेष्टाइनको स्वतन्त्रता जिन्दावाद भन्ने जस्ता नाराहरु लगाइएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?