Blog

इरानमाथिको आक्रमणको विरोधमा विद्यार्थीको प्रदर्शन

इरानमाथिको आक्रमणको विरोधमा विद्यार्थीको प्रदर्शन

काठमाडौँ : इरानमाथि इजरायल र अमेरिकाले आक्रमण गरेको विरोधमा विभिन्न १३ विद्यार्थी सङ्गठनले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानले तत्काल परमाणु बम बनाउने अवस्था नरहेको बताए पनि इरानमाथि आक्रमण गरिएकोमा विद्यार्थी सङ्गठनको विरोध गरेका हुन् । उनीहरुले प्लेकार्ड र व्यानर सहित प्रदर्शन गरेका हुन् । विरोध सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध अखिल क्रान्तिकारीका संयोजक महेश श्रेष्ठ , माओवादी केन्द्र सम्बद्ध क्रान्तिकारी विद्यार्थी संगठनका मदन ढकाल , नेकपा मसाल सम्बद्ध अखिल छैठौं ,नेकपा विप्लव सम्बद्ध अखिल क्रान्तिकारी लगायत विद्यार्थी नेताहरुले सम्बोधन गर्दै इरानमाथिको अमेरिकी तथा इजरायली आक्रमण तत्काल बन्द गर्न जोड दिएका छन् । उनीहरूले आक्रमणको विरोधमा विश्वव्यापी…
Read More
पोरूर एरिया समितिको प्रथम सम्मेलन सम्पन्न

पोरूर एरिया समितिको प्रथम सम्मेलन सम्पन्न

चेन्नई : अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समिति अन्तर्गत पोरूर एरिया समितिको प्रथम सम्मेलन २२ जुन २०२५ का दिन सम्पन्न भएको छ। उक्त एरिया सम्मेलनको अध्यक्षता राजेश मगरले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट त्रिलोचन पौडेल र गीतसंगीतबाट रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए। प्रमुख अतिथि समाजका केन्द्रीय सदस्य तथा दक्षिण नगर सचिव भुवन सुवेदीले दीप प्रजोलन गरेर सम्मेलनको उदघाटन गर्नु भएको थियो। सम्मेलन सफलताको शुभकामना दिनेहरूमा मान बहादुर अरई, कर्ण बहादुर र रमेश रेग्मी रहेका छन। सम्मेलनको प्रस्तावित प्यानल प्रस्तुत केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजालले गर्नु…
Read More
इरानमाथिको आक्रमणविरूद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत १० दलले गर्याे विरोध

इरानमाथिको आक्रमणविरूद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत १० दलले गर्याे विरोध

काठमाडौं : अमेरिकाले इरानमाथि हालै गरेको गैर-न्यायिक सैन्य आक्रमणको कडा विरोध गर्दै नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। संयुक्त वक्तव्यमार्फत उनीहरूले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै गरिएको यस्तो आक्रमण शान्तिपूर्ण विश्व व्यवस्था र सार्वभौमिकताको विरुद्ध भएको बताएका छन्। वक्तव्यमा उल्लेख गरिएअनुसार, “अमेरिकाले सार्वभौम राष्ट्र इरानको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै गरिएको आक्रमणले विश्व शान्तिमा खतरा उत्पन्न गराएको छ। यस प्रकारको क्रियाकलापले विश्व समुदायमा अस्थिरता फैलाउनेछ।” संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने दलहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व), लगायतका पार्टीहरू छन्। उनीहरूले इरानको राष्ट्रिय अखण्डता र जनताको अधिकारको समर्थन गर्दै अमेरिकी…
Read More
विश्वभर साम्राज्यवाद, पुँजीवाद र नवफासिवादको आतंक

विश्वभर साम्राज्यवाद, पुँजीवाद र नवफासिवादको आतंक

नारायण प्रशाद भण्डारी नेपाल नाम मेरो प्रशिद्ध थियो संसारले चिन्दथ्यो ।कोही थिएन मेरो विरुद्धमा आमा भनी मान्दथ्यो ।विश्वकै सुुन्दरी थिए आज अपमानित हुँदै गएँ ।मेरा सन्तानहरु भ्रष्ट हुदैजादाँ म बदनाम भएँ । विश्वमै मानब तस्कर र भ्रष्टाचारमा म प्रथम स्थानमा दर्ज भएँ ।सन्तान मेरा कुपुत्र भएपछि दुश्मनले म मा कुदृश्य त लाउने नै भए ।विश्वभर साम्राज्यवाद, पुँजीवाद,र नवफासिवादको आतंक बढदै गयो ।अग्रज सन्तान मेरा उनकै प्रिय बन्दा मेरोअस्मितानै धरापमा पर्दै गयो । बर्तमान विश्व परिवेशलाई अध्ययन गर्दै जाँदा विश्वभर नयाँ नयाँ तरिकाबाट साम्राज्यवाद,पुँजीवाद, नवफासिवाद र नवउदावादको आतंक उत्कर्षमा पुगेको छ । साम्राज्यवादले संसारभरका गरिब देशहरु माथि धनाढय शक्तिशाली देशहरुलाई उक्साएर…
Read More
देशभरी भ्रष्टाचार विरुद्ध अभियानको प्रारम्भ

देशभरी भ्रष्टाचार विरुद्ध अभियानको प्रारम्भ

काठमाडौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले असार ५ गते देखि भ्रष्टाचार विरुद्ध अभियानको प्राम्भ गरेको छ । जुलुस ,सभा,कोण सभा, ज्ञापन पत्र प्रस्तुत गर्दै अभियानको प्रारम्भ गरिएको हो । बाँकेक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय पर्चा, ३ नम्बर व्यूरोले तयार पारेको २१ बुँदे भ्रष्टाचार हुने क्षेत्र तोकेको पर्चासहित जिल्ला सेक्रेटेरी गुणानिधि आचार्यले हस्ताक्षर गरेको ज्ञापनपत्र सिडिओलाई बुझाइएको हो ।ज्ञापनपत्र बुझाइसकेपछि भेरी अस्पताल चोकमा कोणसभा गरिएको थियो । कोणसभामा प्रमुख वक्ता पार्टीका बैकल्पिक पोलिटव्युरो सदस्य तथा ३ नम्बर ब्युरो सचिव दीपक शाही हुनुहुन्थ्यो । कोणसभामा पार्टी जिल्ला सेक्रेटरी आचार्यले पनि सम्बोधन गर्नु भएको…
Read More
क्रान्तिकारी युवासंघको राष्ट्रिय भेला सम्पन्न

क्रान्तिकारी युवासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी युवा संघ नेपालको राष्ट्रिय भेला वि.सं २०८२ साल असार ७ र ८ गते ललितपुरको कुपोण्डोलमा सम्पन्न भएको छ । उद्घाटन सत्रको अध्यक्षता सूर्य तिमिल्सिना , सञ्चालन दोर्जी सेर्पाले र संगीन भिउ थापा मगरले स्वागत गर्नु भएको थियो । अतिथिहरुको आसन ग्रहण पछि शहिदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबहाक महासचिव गौरवले मैनबत्ती बालेर राष्ट्रिय भेलाको उद्घाटन गर्नु भएको थियो ।वहाँले राष्ट्रिय भेला सफलताको शुभकामना दिनु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीसले पनि शुभकामना मन्तव्य दिनु भएको थियो ।सूर्य तिमिल्सिना ,असल…
Read More
क्रा.क.पा.ने. काठमाडाैँले बुझायाे ढलदेखि विचौलियासम्मकाे समस्यालगायत समेटेर ५७ बुदे ज्ञापन पत्र

क्रा.क.पा.ने. काठमाडाैँले बुझायाे ढलदेखि विचौलियासम्मकाे समस्यालगायत समेटेर ५७ बुदे ज्ञापन पत्र

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाण्डौ जिल्ला समितिले जिल्लामा रहेका तमाम विषयलाई सम्बोधन गर्ने माग लिएर २०८२ असार ५ गते काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम चिन्तामणि शर्मा ,जिल्ला सेक्रेटरी केदार खतिवडा ,जिल्ला सचिवालय सदस्य सागर भण्डारी,पेशल दाहाल र जिल्ला सदस्य प्रवेश सम्मिलित प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो ।काठमाण्डौ शहरको ढलको समस्या,बाटोघाटो, जग्गा जमिनको समस्या, भूमिहीन सुकुम्बासीको समस्या समाधानको विषय , विचौलियाको समस्या लगायतको विषयलाई समेटेर ५७ बुदे ज्ञापन पत्र बुझाइएको छ ।ज्ञापन पत्र बुझ्दै तिवारीले महत्वपूर्ण विषय उठाएकाले यी विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनु भयो ।
Read More
भ्रष्टाचारकाे विरोधमा खरो उत्रिन नेता दिनेश शर्माकाे आह्वान

भ्रष्टाचारकाे विरोधमा खरो उत्रिन नेता दिनेश शर्माकाे आह्वान

भ्रष्टाचार विरोधी अभियानमा जोडिन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आह्वान काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आफूहरुले २०८२असार ५ गतेदेखि देशव्यापी सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा साथ दिन सबैलाई आह्वान गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ९ नं व्यूरोको आयोजनामा काठमाण्डौ भृकुटी मन्डपको रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९नं व्यूरो सेक्रेटरी चिन्तामणि पौडेल ,पोलिटव्यूरो सदस्य दिनेश शर्माले पार्टीको तर्फबाट सो आह्वान गर्नु भएको हो । देशमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्नु पर्नाको कारणबारे पार्टीको तर्फबाट जारी गरिएको वक्तव्य वाचन गर्दै र पत्रकारहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै नेताहरुले देशमा भ्रष्टाचार ,अनियमितता,वेथिति मौलाएकोले अब चुप लागेर बस्न नहुने र…
Read More
प्रतिरोध स्वरुप इरानले यस्तो गर्दैछ तयारी

प्रतिरोध स्वरुप इरानले यस्तो गर्दैछ तयारी

काठमाडौं : अमेरिकाले इजरायलको युद्धमा सहभागिता जनाए इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डाहरूमा आक्रमण गर्ने तयारी गरेको छ ।  अमेरिकाले हस्तक्षेप गरे उसका सैन्य अड्डाहरूमा इरानले आक्रमण गर्न मिसाइल र अन्य सैन्य उपकरणहरू तयार गरेको अमेरिकी अधिकारीहरूले हालैको गुप्तचर प्रतिवेदनहरूको विश्लेषण पछि बताएका छन् ।  अमेरिकाले युरोपमा तीन दर्जनभन्दा बढी इन्धन आपूर्ति विमानहरू पठाएको छ । अमेरिकी अड्डाहरूको सुरक्षामा तैनाथ लडाकू जेटहरूलाई सहयोग र इरानी परमाणु सुविधाहरूमा सम्भावित बमवर्षक विमानहरूको उडान सीमा बढाउन प्रयोग हुनसक्ने न्यूयोर्क टाइम्सले जनाएको छ । इजरायलले ह्वाइट हाउसलाई इरानसँगको द्वन्द्वमा हस्तक्षेप गर्न दबाब दिँदै गरेको अवस्थामा अमेरिकी अधिकारीहरूमा विस्तृत युद्धको आशंका बढ्दै गएको छ । …
Read More
असार ५ गतेदेखि देशव्यापी ‘भ्रष्टाचारविरोधी अभियान’ सफल पार्न जनसमुदायमा अपिल

असार ५ गतेदेखि देशव्यापी ‘भ्रष्टाचारविरोधी अभियान’ सफल पार्न जनसमुदायमा अपिल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै एक अपिल जारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पीबीे बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अपिल गरेको छ ।यस्तो छ अपिलको पूर्णपाठ ः “हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पीबीे बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन हामी सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अनुरोध गर्दछौं । भ्रष्टाचार विरोधी अभियान किन ?हाम्रो…
Read More