
काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौं जिल्ला समितिको आयोजनामा २०८२ असार ३१ गते दिनको १२ बजे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अनामनगरस्थित संवाद डबलीमा हुने क्रान्तिकारी कम्युनिष्ट पार्टी जिल्ला समितिले जनाएको छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र विषयक अन्तर्क्रिया कार्यक्रम हुने आयोजकले जनाएको छ। कार्यक्रममा उपस्थितिकोलागि सबैमा अनुरोध गरिएको छ ।