रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी
काठमााडौं : रवि लामिछाने पहिलोपटक गृहमन्त्री हुँदा दोहोरो नागरिकता र दोहोरो पासपोर्ट काण्डमा चोख्याइए । दोस्रो पटक गृहमन्त्री हुँदा अहिले सर्वसाधारण जनताले सहरकारीमा जम्मा गरेको करोडौ रकम हिनामिना गरेको प्रकरणमा रवि लामिछानेलाई चोख्याउन एमाले–माओवादीका नेताहरु मात्रै होइन, सिंगै राज्यसंयन्त्रको दुरुपयोग गरिएको छ । यहाँसम्म कि संसदको प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्करणमा संसदीय छानबिन समिति बनाउन माग गर्दा पनि सत्तारुढ एमाले माओवादी पार्टीका नेताहरु तयार देखिएका छैनन्, रवि लामिछाने नेतृत्वको रास्वपाको त परको कुरा । यति धेरै विवादित हुँदा पनि रवि लामिछानेले नैतिकताको आधारमा राजिनामा दिन आवश्यक ठानेका छैनन् । उनले राजिनामा दिए सत्ता ढल्ने सबैभन्दा ठूलो पीर एमाले–माओवादी…