काठमाडाैँ : माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम जिल्ला भेला साेमबार सम्पन्न भएको छ । भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय काठमान्डौ जिल्ला कमिटी निर्माण गरेको छ ।
राष्ट्रिय उद्योग तथा व्यापार संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएकाे भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज पुष्कर, क्रान्तिकारी ट्रेड युनियन महासंघका सह—संयोजक ईश्वर तिमल्सिनाको बिशेष आथिथ्यता थियो ।
उक्त भेलाकका अन्य अतिथिहरुमा प्रकाश, बालकृष्ण, ठाकुर तिमल्सिना हुनुहहुन्थ्यो । भेलाको अध्यक्षता नवराज ढकालले गर्नु भएको थियो भने संचालन भिम तामाङले गर्नु भएको थियो ।