जनकपुर : ३५औं जनआन्दोलन दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मधेस प्रदेशको आयोजनामा मधेस प्रदेशको जनकपुरमा जनप्रर्दशन तथा जनसभा सम्पन्न भएकाे छ। जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज हरिभक्त कँडेलले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा प्रदेश संयोजक कृष्णदेवसिंह दनुवार, वाम बुद्धिजीवी रोशन जनकुपरी लगायतका वक्ताहरुले २०४६ साल चैत्र २४ को जनआन्दोलनको क्रान्तिकारी सारतत्वको विषयमा चर्चा गर्दै सम्झौता, धोका र गद्दारीबाट पाठ सिक्दै देश र जनताको हितमा निरन्तर क्रान्तिको उद्घोष नै चैत्र २४ को मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो ।