पार्टी एकतालाई सान्दार रुपमा सफल तुल्याउनु पर्छ : अध्यक्ष किरण
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आज सम्पन्न एकता महाधिवेशन आयोजक समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकतालाई सान्दार रुपमा सफल तुल्याउन महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई आ-आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गर्नु भएकाे छ । बैठकले पार्टी एकतासम्बन्धी अध्यक्ष किरणको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेकाे बैठकमा सहभागी एक कार्यालय सदस्यले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकता गर्ने सम्बन्धमा भएको सहमतिका विषय स्पष्ट पार्नुभएको थियो । दुवै पार्टीको एकता संयोजन समितिका बिचमा अन्तरिम कालका लागि पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद/विचारधारा रहने, दशवर्षे जनयुद्धलाई ‘ऐतिहासिक माओवादी जनयुद्ध’ भन्ने…