इलाम र बझाङमा हुने उपनिर्वाचन क्रान्तिकारी कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने

काठमाडाैँ : सरकारले यही वैशाख १५ गते इलाम र बझाङ जिल्लामा उपनिर्वाचन गर्न गइरहेको छ । यो उपनिर्वाचनवारे क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्नो धारणा स्पष्ट पार्न एउटा प्रेस वक्तव्य प्काशित गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले पहिले पहिलेका निर्वाचनमा पनि भन्दै आएको तत्थ्य के हो भने प्रतिक्रियावादी सत्ता र संसदीय व्यवस्थाअन्तर्गत हुने निर्वाचनबाट देश र जनताका समस्या समाधान हुन सक्दैन र वर्तमान उपनिर्वाचनवारे पनि पार्टीको सोही धराणा रहेको स्पष्ट पार्दै प्रेस वक्तव्यमा भनिएको छ—“विगतमा बारम्बार हुँदै आएका निर्वाचन र त्यसबाट बनेका सरकारका राष्ट्रघाती तथा जनघाती कुकृत्यले पुष्टि गरेका छन् कि प्रतिक्रियावादी सत्ता र संसदीय व्यवस्थाअन्तर्गत हुने निर्वाचनबाट देश र जनताका समस्या समाधान हुन सक्दैन । देश र जनताले भोग्दै आएका समस्या समाधानको एकमात्र दीर्घकालीन उपाय जन गणतन्त्र नेपालको स्थापना हो ।”
यसरी पार्टीले इलाम र बझाङ जिल्लाका मतदाताहरुमा इलाम र बझाङ जिल्लामा हुन गइरहेको उपनिर्वाचन सक्रियरुपमा बहिष्कार गर्न र साथै आम नेपाली जनतामा जन गणतन्त्र नेपालको स्थापनाका लागि अगाडि बढन पार्टी प्रवक्ता कञ्चनव्दारा हस्ताक्षरीत प्रेस वक्तव्यमार्फत हार्दिक अपील गरेको छ ।
प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छ :

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?