विश्वभर आजैकै दिन अप्रिल २२मा क्रान्तिकारी कम्युनिस्टहरुले लेनिनको १५५औ जन्मशताव्दी मनाइरहेका छन् । यसैक्रममा माकर्सवादको विकासमा लेनिनका अनेकौ महान योगदानहरुको चर्चा गर्ने सन्दर्भमा यहाँ उहाँका निम्न दुई महत्वपूर्ण योगदानहरुको चर्चा गरिएको छ ः १ अवसरवादीका विरुद्ध क्रान्तिकारी कार्यविधिको विकास र २ साम्राज्यवादबारे लेनिनको विश्लेषण
१ अवसरवादीका विरुद्ध क्रान्तिकारी कार्यविधिको विकास
शताब्दीयौँको मोडबाट साम्राज्यवादको उदयसँगै उपनिवेशहरूको बाँडफाँडका लागि साम्राज्यवादी शक्तिहरूद्वारा युद्धहरूलाई निम्ताउने काम गरियो । एउटा उदाहरणका रूपमा रसियन– जापनिज युद्धलाई लिन सकिन्छ । रसियन–जापनिज युद्ध किन भयो ? किनभने दुवै रसिया र जापानले उत्तर–चीन र कोरियामा रहेको मन्चुरियामाथि नियन्त्रण गर्न चाहन्थे । त्यही खालका युद्धहरू विश्वका विभिन्न भागमा उपनिवेशलाई हडप्ने र पुनः हडप्नका लागि फैलिन सुरु भए । यसरी उपनिवेशवाद र युद्धको प्रश्नहरूमा सही क्रान्तिकारी स्थिति लागू गर्न अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनका लागि सङ्कटपूर्ण तर महत्वको हुन गयो । यो उल्लिखित घटना त्यस समयमा भए, जुन समय दोस्रो अन्तर्राष्ट्रियको कङ्ग्रेसहरूको पहिलो शिविर चलिरहेको थियो । अवसरवाद यद्यपि, त्यसबेलासम्म, दोस्रो अन्तर्राष्ट्रियका पार्टीहरूभित्र एकदमै घनीभूतरूपले फैलिसकेको थियो । साम्राज्यवादी देशहरूमा रहेका पार्टीहरूका धेरै नेतृत्वदायी पक्षहरूले वास्तवमा धेरै निर्णायक राजनीतिक प्रश्नमाथि पुँजीपतिको दृष्टिकोण अपनाएका थिए ।
सन् १९०७ को दोस्रो अन्तर्राष्ट्रियको कङ्ग्रेसमा स्पष्टसित देखियो, जहाँ उपनिवेशवाद र युद्धको प्रश्नलाई पहिलोपटक बहसमा लिइएको थियो । उपनिवेशवादको प्रश्नमा, कङ्ग्रेसको नेतृत्वदायी संस्था–कङ्ग्रेस कमिसनले उपनिवेशसम्बन्धी नीतिमा एउटा प्रस्ताव पास ग¥यो र यसलाई साधारण सभामा स्वीकृतका लागि राख्यो । यो प्रस्तावले नामका लागि मात्रै पुँजीपतिको उपनिवेश नीतिलाई आलोचना गर्दै गर्दा उपनिवेश हडप्ने सिद्धान्तलाई पूर्णरूपले इन्कार गरेन । वास्तवमा त्यसबारे यसले तर्क ग¥यो कि एउटा समाजवादी शासनअन्तर्गत उपनिवेशहरू हडप्नलाई ‘सभ्यताको चाहनाहरू’ मा गर्न सकिन्थ्यो । यी तथाकथित माक्र्सवादीहरूको एउटा खुल्ला साम्राज्यवादी स्थिति जनरल बडी र प्रस्तावमा क्रान्तिकारीहरूद्वारा बलियो गरी विरोध गरियो, अन्त्यमा पराजित गरियो, तर केवल सानो अन्तरले मात्रै १२७ मा १०८ भोटले । नेतृत्वको यही खालको अवसरवाद युद्धको प्रश्नमा लिएको अडानको सवालमा देखिएको थियो । बेबेल, एकजना जाने–माने नेता र माक्र्स–एङ्गेल्सका एकजना नजिकका अनुयायी र एसोसियटले प्रस्ताव तयार पारेका थिए । प्रस्ताव यद्यपि युद्धको घटनामा सदस्यहरूद्वारा लिइने कामको कोर्स अथवा कुनै निर्दिष्ट दिशाबिना छाडिएको थियो । यो फेरि क्रान्तिकारीहरूद्वारा– खासगरी जर्मनीकी रोजा लक्जम्वर्ग र लेनिनद्वारा कडाइका साथ विरोध गरिएको थियो । तिनीहरूले फेरि संशोधनको प्रस्ताव पेस गरे, जसले युद्धबाट रक्षा गर्नका लागि लड्न, यदि सुरु भइहाल्यो भने युद्धको अन्त्यका लागि लड्न्, र युद्ध भइहालेमा जनतालाई उठाउन र क्रान्ति ल्याउनका लागि आर्थिक र राजनीतिक सङ्कटको पूरा प्रयोग गर्न अन्तर्राष्ट्रियको सदस्यहरूलाई एउटा स्पष्ट दिशा दियो । यो माक्र्सले पहिले नै स्पष्ट रूपमा स्थापित गरिसकेको ‘युद्धमा क्रान्तिकारी सर्वहारा स्थिति’ को एउटा निरन्तरता थियो । अवसरवादीहरूले खुल्लारूपले यो बुझाइको विरोध गर्न नसकेकोले, यो प्रस्ताव कङ्ग्रेसद्वारा पास गरियो । अन्तर्राष्ट्रियका सन् १९१० र सन् १९१२ का कङ्ग्रेसहरूले फेरि छलफल गरे, युद्धसम्बन्धी प्रस्ताव लागू गरे । तिनीहरूले निर्णय गरे कि संसदमा सबैे समाजवादीहरूले युद्ध प्रशंसाका विरुद्ध भोट हाल्नुपर्दछ । तिनीहरूले लक्जम्वर्ग र लेनिनद्वारा सन् १९०७ मा पेस गरिएको संशोधन प्रस्तावका शब्दहरू उनीहरूका प्रस्तावहरूमा पनि दोहोरिएको थियो । यद्यपि दोस्रो अन्तर्राष्ट्रियमाथिको अवसरवादको कब्जा यति ठूलो थियो कि बहुसङ्ख्यक नेताहरू जसले, यी प्रस्ताव पारित गरेका थिए, यी निर्णयहरूद्वारा बाँधिने मनसाय पूरै थिएन । यो देखियो, जब पहिलो विश्वयुद्ध जुलाई–अगस्ट १९१४ मा विष्फोट भयो । जर्मन सामाजिक–प्रजातान्त्रिक पार्टी, जुन दोस्रो अन्तर्राष्ट्रियको शङ्कारहित नेता थियो, त्यसको नेतृत्व लियो । ट्रेड युनियन नोकरशाहहरूले युद्धका विरुद्ध र क्रान्तिका लागि मजदुरहरू उठाउन कोसिस गर्नुको बदलामा तुरुन्तै मालिकहरूसित हडताल नगर्ने सम्झौता गर्न भित्र पसे । पार्टी ककस (फ््रयाक्सन) बैठकमा जुन युद्ध प्रशंसाहरूमाथि संसदीय मत पहिले अयोजना गरिएको थियो, युद्धको समर्थनमा एउटा विशाल बहुमत भोट हाले । कार्ल लिब्कनेश्च र रोजा लक्जम्वर्गद्वारा नेतृत्व गरिएको क्रान्तिकरीहरूको एउटा सानो सङ्ख्याले मात्रै त्यसको विरोध गरे । काउट्स्की, जो त्यो समयमा दोस्रो अन्तर्राष्ट्रियका प्रमुख वैचारिक नेता थिए, अनुपस्थित भएर भोट हाले । यसरी ४ अगस्ट १९१४ मा जर्मन सामाजिक– प्रजातान्त्रिक पार्टीले सबै पहिलेका कङ्ग्रेसका प्रस्तावहरूलाई एकातिर फ्याँक्यो र साम्राज्यवादी युद्धको समर्थन गर्न संसदमा एकमतले भोट हाल्यो । क्रान्तिकारी सर्वहाराका लागि, दोस्रो अन्तर्राष्ट्रिय त्यो दिनबाट अस्त्विविहीन भएर म¥यो ।
जर्मन पार्टीलाई तुरुन्तै फ्रान्स, ब्रिटेन, बेल्जियम र अन्य देशमा रहेका समाजवादीहरूको बहुमतद्वारा अनुसरण गरियो । दोस्रो अन्तर्राष्ट्रिय एक–अर्कोबिरुद्ध लडाइँ गर्दै बेग्लाबेग्लै सामाजिक अन्ध–देशभक्तिमा विभाजित भयो । बोल्सेबिकहरूको मात्रै एउटा पार्टी थियो, जसले युद्धविरुद्धका प्रस्तावमा आफ्नो अडानलाई कायम राख्यो । दोस्रो अन्तर्राष्ट्रियका नेताहरूको सन्दर्भमा पूर्णरूपले अवसरवादमा पतन भइरहेका थिए, विश्वयुद्धको सन्दर्भमा सही माक्र्सवादी स्थिति उच्च राख्न र कार्यान्वयन गर्न लेनिन र बोल्सेबिक मात्रै थिए । लेनिनले तुरुन्तै यो सही बुझाइलाई प्रस्तुत गर्दै लेखहरू प्रकाशित गर्नु भयो । रसियाली सामाजिक जनवादी मजदुर पार्टी (बो.) (आरएसडीएलपी बो.) को केन्द्रीय समितिले ‘साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदल’ र ‘दोस्रो अन्तर्राष्ट्रियको ठाउँमा तेस्रो अन्तर्राष्ट्रियको निर्माण’ गर्न आह्वान ग¥यो । लेनिनले सबै वामपन्थी युद्ध विरोधी शक्तिहरूलाई एकत्रित गरेर तेस्रो अन्तर्राष्ट्रिय निर्माणको प्रक्रिया सुरु गर्नुभयो । यद्यपि यी शक्तिहरूले सन् १९१५ पछाडिबाट सम्मेलनहरू आयोजना गर्न सुरु गरे तर ज्यादा भ्रमहरूलाई चिर्न सकेनन र त्यसले निरन्तरता लियो । लेनिनले ती भ्रम र यी तत्वका बिचमा युद्धको सन्दर्भमा समाजवादका सिद्धान्तहरूमा सही क्रान्तिकारीहरूको स्थिति र रसियामा र अन्तर्राष्ट्रियस्तरमा क्रान्तिकारी सामाजिक प्रजातन्त्रवादीको कार्य पनि स्पष्ट पार्ने जिम्मेवारी लिनुभयो । लेनिनले यो काम दुवै रसियाभित्र साथै, अन्तर्राष्ट्रियस्तरमा उहाँका विभिन्न लेखहरूमार्फत गर्नुभयो । लेनिनले उल्लेख गरेका सिद्धान्त र कार्यलाई निम्न तरिकामा प्रस्तुत गर्न सकिन्छ ः पहिलो, समाजवादीहरू शान्तिवादी होइनन्, जो सबै युद्धका विरुद्ध छन् । समाजवादीहरूले समाजवाद र साम्यवाद स्थापना गर्ने लक्ष्य राख्छन्, जो सबै प्रकारका शोषणको अन्त्य गरेर नजिकमा आएको सम्भावित युद्धको अन्त्य गर्दछन् । यद्यपि समाजवादी प्रणाली प्राप्त गर्नका लागिको लडाइँमा त्यहाँ सधैँभरि युद्धको सम्भावना रहिरहन्छ, जो आवश्यक छन् र क्रान्तिकारी महत्वका छन् । दोस्रो, जब एउटा निश्चित युद्धप्रति कस्तो प्रवृत्ति अपनाउने भन्ने निर्णय गर्दा, समाजवादीहरूका लागि प्रमुख सवाल ः युद्ध केका लागि लडिएको हो र कुन वर्गले यसलाई नाट्यशाला बनाएर निर्देशित गरेको थियो ।
यसरी लेनिनले सुस्पष्ट पार्नुभयो कि पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको अवधिभर, माक्र्सले पुँजीवादीद्वारा चलाइएको युद्धको समर्थन गर्नुभएको थियो, जो सामन्तवादको विरुद्ध थिए र पुँजीवादलाई स्थापना गर्न र सुदृढ गर्नका लागि थिए, तिनीहरू प्रगतिशील थिए र न्यायपूर्ण युद्धहरू थिए । सोही खालका मापदण्ड ग्रहण गर्दा लेनिनले सुस्पष्ट पार्नुभयो कि साम्राज्यवादी युगमा र सर्वहारा क्रान्तिमा समाजवादीहरूले सबै यस्ता युद्धहरूको समर्थन गर्नेछन् ता कि यसले विश्व समाजवादी क्रान्तिलाई अगाडि लिएर जानेछ । यस्तो एउटा बुझाइअनुसार लेनिनले युद्धहरूका प्रकारहरूका उदाहरण दिनुभयो, जसलाई प्रगतिशील अथवा न्यायपूर्ण युद्धहरू भन्न सकिन्छ ः (१) उपनिवेश अथवा अर्ध–औपनिवेशिक देशद्वारा उसका साम्राज्यवादी शोषकहरूका विरुद्ध गरिएका राष्ट्रिय युद्धहरू, (२) सर्वहारा र अन्य उत्पीडित वर्गहरूद्वारा उनीहरूका सामन्त र पुँजीवादी शासक वर्गहरूका विरुद्ध गरिएका गृहयुद्धहरू, (३) समाजवादी मातृभूमिको रक्षाका लागि गरिएका समाजवादी युद्धहरू । तेस्रो, लेनिनले देखाउनुभयो कि माथि उल्लिखित बुझाइका आधारमा पहिलो विश्वयुद्धबारे त्यहाँ केही पनि चीज छैन, जसले त्यसलाई न्यायपूर्ण र प्रगतिशील भन्न सकियोस् । उहाँले साम्राज्यवादी युद्धलाई त्यस्तो युद्धसित तुलना गर्नुभयो जो १०० जना दास राख्ने दासमालिक र २०० जना दास राख्ने दासमालिक बिचमा एउटा ज्यादा केवल दासको पुनः वितरणका लागि थियो । प्रथम विश्वयुद्धको अति आवश्यक अभिप्रायः औपनिवेशिक दासहरूको पुनर्वितरणका लागि थियो । यसरी त्यहाँ कुनैे पनि प्रगतिशील अथवा रक्षात्मक अथवा न्यायपूर्ण युद्ध भन्ने नै हुन सक्दैनथ्यो । यो एउटा अन्यायपूर्ण–प्रतिक्रियावादी युद्ध थियो । यसप्रतिको एक मात्रै अडान यसलाई साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदल्नका लागि गरिने आह्वान हुन सक्दथ्यो । यसरी यस्ता युद्धको एउटा उपयोग क्रान्तिलाई निर्माण गर्नका लागि फाइदा लिनु थियो । यसो गर्नका लागि, लेनिनले देखाउनुभयो, यो फाइदाजनक थियो कि आफ्नै देशले युद्धमा हराइन्थ्यो । हारले शासकवर्गलाई कमजोर गराउने सक्दथ्यो र क्रान्तिको विजयलाई सहज गर्न सकिन्थ्यो । यसरी कुनै पनि समाजवादी क्रान्तिकारीले युद्धमा उसको आफ्नै सरकारको हारका लागि काम गर्नैपर्दछ । लेनिनले भन्नुभयो कि समाजवादीहरूको कर्तव्य यो हुन्थ्यो कि उनीहरूले शान्तिका लागि आन्दोलनमा सहभागी हुनका लागि आफ्नो कर्तव्य ठानून् । अन्यथा, जब शान्तिका लागि आन्दोलनमा सहभागी हुँदै गर्दा, उनीहरूको कर्तव्य यो देखाउनु हो कि क्रान्तिकारी आन्दोलनविना कुनै पनि वास्तविक र दीर्घकालीन शान्ति सम्भव छैन । वास्तवमा, जसले न्यायपूर्ण र प्रजातान्त्रिक शान्तिको चाहना गर्दछ, उसले पुँजीपति र सरकारका विरुद्ध गृहयुद्धका लागि खडा हुनैपर्दछ । यद्यपि यी सिद्धान्त र कार्यनीति दोस्रो अन्तर्राष्ट्रियका सबै पार्टीका बिचमा प्रचार गरिएका थिए, केवल बोल्सेबिक एउटाले मात्रै व्यावहारमा तिनको कार्यान्वयन गर्ने देखियो । युद्धसम्बन्धी यही पद्धतिले उनीहरूलाई युद्धद्वारा उत्पन्न सङ्कटपूर्ण अवस्थाको उपयोग गर्नलाई मद्दत ग¥यो र तीन वर्षभित्रैमा सन् १९१७ को महान् अक्टोबर समाजवादी क्रान्तिको विजय प्राप्त भयो ।
२ साम्राज्यवादबारे लेनिनको विश्लेषण
माक्र्सको पुँजीवादको गतिको नियमहरूको विश्लेषण स्वतन्त्र प्रतिस्पर्धात्मक पुँजीवादको त्यो चरणमा पर्दछ, जहाँ एउटा ठूलो सङ्ख्याका पुँजीवादी उत्पादकहरूले बजारमा प्रतिस्पर्धा गर्दथे । उहाँले केही हदसम्म पुँजीको केन्द्रीकरणको प्रक्रिया विश्लेषण गरेको पाइन्छ । उहाँ यद्यपि पुँजीवादमा एउटा नयाँ चरण–साम्राज्यवादी चरण, देख्नका लागि लामो आवश्यक समयसम्म बाँच्नुभएन । यो २० औँ शताब्दीको सुरुमा घट्यो र यो लेनिनका लागि छाडियो ता कि उहाँले यो प्रक्रियाको विश्लेषण गरोस् । सन् १८९७– ९८ मा लेनिनले पुँजीवादी विश्वबजारको विकासको केही सुरुको विश्लेषण गर्नुभयो तर साम्राज्यवादको पूरा विषयमा विश्लेषण गर्नुभएन । यद्यपि पहिलो विश्वयुद्धको सुरुसँगै जुन युद्ध साम्राज्यवादका कारणले भएको थियो, युद्धको आर्थिक आधार र सर्वहाराका लागि राजनीतिक पूर्व–घटनाहरूको प्रभाव बुझ्नका लागि साम्राज्यवादको पूरा विश्लेषण गर्नु आवश्यक थियो ।
यो प्रश्न सबैभन्दा ज्यादा जरुरी सन् १९१५ मा भयो, जब दोस्रो अन्तर्राष्ट्रियका अवसरवादी र संशोधनवादी नेता, कार्ल काउत्स्कीले साम्राज्यवादमाथि एउटा किताब लेखे, जसमा उनले तर्क गरे कि विश्व आर्थिक प्रणाली ‘उग(रेडिकल)्र–साम्राज्यवाद’ तर्फ बढिरहेको थियो, जहाँ स्थिरता हुनेछ र युद्धको खतरा हुनेछैन् । उनको बहस र केही मानिसका जस्तो थियो, जसले वर्तमान भूमण्डलीकरणको विश्लेषण गर्दछन् र तर्क गर्दछन् कि बहुराष्ट्रिय समूहहरू र कर्पोरेसनहरूको वृद्धि र सबै देशहरूमा उनीहरूको पुँजी फैलिएको कारणले बहुराष्ट्रियहरूले युद्धलाई विरोध गर्नेछन् र त्यहाँ त्यसकारणले एउटा विश्वयुद्धको खतरा छैन ।
प्रथम विश्वयुद्धका दौरानमा प्रस्तुत गरिएको यो सिद्धान्तले साम्राज्यवादको गलत चित्र दियो । काउत्स्कीद्वारा प्रस्तुत गरिएको यस्तो एउटा गलत सिद्धान्त, जसलाई त्यो समयमा माक्र्सवादको प्रमुख सिद्धान्तकारका रूपमा स्वीकार गरिएको थियो, यो सिद्धान्तको विरोध गरिनु र सही बुझाइको प्रस्तुत गर्नु पूर्णतः सही थियो । दोस्रो अन्तर्राष्ट्रियद्वारा निर्माण गरिएको भ्रमलाई अन्तर्राष्ट्रिय मजदुरवर्गको आन्दोलनका अगाडि स्पष्ट पार्न, सही विश्लेषण दिन र सही कार्यनीति प्रस्तुत गर्न आवश्यक थियो । यो गर्नका लागि लेनिनले सन् १९१६ मा लगातार अनुसन्धान गर्नुभयो र उहाँको प्रसिद्ध काम साम्राज्यवाद पुँजीवादको सबैभन्दा उच्च चरणको उत्पादनका रूपमा विश्लेषण गर्नुभयो । साथै, उहाँले यो आधारभूत आर्थिक विश्लेषणलाई सर्वहाराको कार्यनीतिसित जोड्दै धेरै अरू लेख लेख्नुभयो । पहिलो चरणमा, लेनिनले ‘साम्राज्यवाद के हो ? ! भन्ने सवालमा काउत्स्की र अन्य अवसरवादीहरूद्वारा निर्माण गरिएको भ्रमलाई स्पष्ट पार्ने कोसिस गर्नुभयो । यसको उत्तर दिनका लागि, उहाँले सुस्पष्ट पार्नुभयो कि पुँजीवादको एउटा विशिष्ट ऐतिहासिक चरण साम्राज्यवाद हो । यसका विशिष्ट विशेषता तीनवटा छन् ः साम्राज्यवाद भनेको (१) एकाधिकार पुँजीवाद; (२) परजीवी, अथवा कुहिएको पुँजीवाद; (३) मरणासन्न पुँजीवाद अथवा मृत्युश्ययामा परेको पुँजीवाद । एकाधिकारद्वारा स्वतन्त्र प्रतिस्पर्धाको विस्थापन आधारभूत आर्थिक बनावट, साम्राज्यवादको मर्म हो ।
लेनिनको विश्लेषणमा एकाधिकार पुँजीवाद पाँच प्रमुख रूपमा आफैँलाई स्पष्ट गर्दछ ः १. कार्टेलहरू, सिन्डिकेटहरू र प्रतिष्ठानहरू– उत्पादनको केन्द्रीकरण एउटा डिग्रीमा पुगेको छ, जसले पुँजीवादहरूका यी एकाधिकारवाला सङ्गठनहरू जसले अन्य प्रतिस्पर्धावालाहरूलाई मास्न आपसमा गठजोड गर्दछन् । तिनीहरूले मूल्यहरू तोक्छन्, आफूहरूबिचमा उत्पादन भाग गर्दछन् र बजारमा आउने र सफल हुँदै अन्य अरूलाई रोक्नका लागि व्यवस्थापनहरू र सम्झौताहरू बनाउँछन् । तिनीहरूले आर्थिक जीवनमा एउटा निर्णायक भूमिका खेल्छन् । २. ठूला बैङ्कहरूको एकाधिकारवादी पोजिसन र एकाधिकार औद्योगिक पुँजी र बैङ्क पुँजीको मर्जरमार्फत आर्थिक पुँजीको निर्माण– लेनिनको समयको दौरान यो पहिले नै लेभलमा पुगिसकेको थियो; जहाँ तीन, चार वा पाँच ठूला बैङ्कहरूले प्रमुख औद्योगिक देशहरूमा समग्र आर्थिक जीवनलाई कुशलतापूर्वक सञ्चालन गरेका थिए । ३. पुँजीको निर्यात, जसले विशेष महत्व प्राप्त गर्दछ– यो बनावट जुन गैर–एकाधिकार पुँजीवादअन्तर्गत सामानहरूको निर्यातबाट भिन्न छ, त्यो विश्वको आर्थिक र राजनीतिक विभाजनसित नजिकै हुने गरी जोडिएको छ । ४. अन्तर्राष्ट्रिय कार्टेलहरूद्वारा विश्वको आर्थिक विभाजन– लेनिनको समयमा त्यहाँ पहिले नै एक सयभन्दा बढी यस्ता अन्तर्राष्ट्रिय कार्टेलहरू थिए, जसले समग्र विश्वबजारलाई कमान्ड गर्दथे र यसलाई तिनीहरू आफैँबिचमा एउटा ‘मित्रतापूर्ण तरिकाले’ भाग लगाउँदथे । वास्तवमा यो ‘मित्रता’ केवल अस्थायी मात्रै हुन सक्थ्यो र बजारको एउटा पुनःविभाजनका लागि जबसम्म युद्ध हुँदैनथ्यो, त्यसबेलासम्म टिक्दथ्यो । ५. सबैभन्दा ठूला पुँजीवादी शक्तिहरूबिच विश्व (उपनिवेशहरू) को भू–भाग (राजनीतिक) विभाजन– विश्वका सबै पिछडिएका देशहरूको उपनिवेशीकरणको यो प्रक्रिया साम्राज्यवादको उदयको समयमा आधारभूत रूपले पूरा गरियो । अन्य अरू ज्यादा उपनिवेशहरू युद्धमार्फत विश्वको पुनःविभाजन गरेर मात्रै पाउन सकिन्थ्यो ।
उल्लिखित बनावटका आधारमा, लेनिनले साम्राज्यवादलाई निम्न तरिकाले परिभाषित गर्नुभएको छ, “साम्राज्यवाद विकासको त्यो चरणमा पुँजीवाद हो, जसमा एकाधिकारहरूको प्रभुत्व र आर्थिक पुँजीले आफैँलाई स्थापित गरेको छ; जसमा पुँजीको निर्यातले उल्लेखनीय महत्व प्राप्त गरेको छ; जसमा अन्तर्राष्ट्रिय ट्रस्टहरूका बिचमा विश्वको विभाजन सुरु भएको छ; जसमा ग्लोबको सबै भू– भागहरूको विभाजन सबैभन्दा ठूला पुँजीवादी शक्तिहरूबिच पूरा भएको छ ।”
साम्राज्यवाद परजीवी वा कुहिएको पुँजीवाद हो, जुन सर्वप्रथम मरणशील छ भन्नेमा स्पष्ट थियो, जुन उत्पादनको साधनहरूको निजी स्वामित्वको प्रणालीअन्तर्गत प्रत्येक एकाधिकारको विशेषता हो । स्वतन्त्र प्रतिस्पर्धाअन्तर्गत द्रूत–फैलावट तुलना गर्दा, त्यहाँ एकाधिकारअन्तर्गत उत्पादन समग्रमा तल झर्नका लागि एउटा प्रवृत्ति हुन्छ । प्रविधिगत प्रगतिलाई निरुत्साहित गरिएको छ र नयाँ खोजमाथिको विशेष अधिकार जानाजानी दबाइएको छ । दोस्रो, पुँजीवादको सडेको किरायदारहरू, पुँजीवादीहरूको एउटा विशाल तहको निर्माणमा सुस्पष्ट पारिएको थियो, जो काम नगरी बाँच्छन् तर तिनीहरूले तिनीहरूको कमाइको आधारमा प्राप्त कमाइबाट लगानी गरेकोमा सिर्फ ब्याज अथवा डिभिडेन्डबाट लिन्छन । तेस्रो, पुँजीको निर्यात परजीवीवादी छ र एउटा उच्च विन्दुमा पुगेको छ किनभने यसको अर्थ पिछडिएका देशहरूको सस्तो लेवरको खुल्ला शोषण हो । चौथो, आर्थिक पुँजीले स्वतन्त्रताका लागि नभई, दबाबका लागि सङ्घर्ष गर्छ । साम्राज्यवादको एउटा विशेष बनावट समग्र लाइनभरि राजनीतिक प्रतिक्रिया हो । विशाल स्केलमा भ्रष्टाचार, घुस र सबै प्रकारका धोखाधडी सामान्य हुन्छन् । पाँचौँ, उत्पीडित राष्ट्रहरूको शोषण र विशेष गरी ‘ठूला’ शक्तिहरूका एउटा मुट्ठीभरद्वारा उपनिवेशहरूको शोषणले पिछडिएका राष्ट्रहरूमा सयौँ लाखौँका शरीरमा एउटा परजीवीभित्र साम्राज्यवादी विश्व बढ्दो रूपले रूपान्तरण भइरहेको छ । यो त्यो चरणमा पुगेको छ, जहाँ साम्राज्यवादी देशहरूमा सर्वहाराको एउटा विशेषाधिकार प्राप्त माथिल्लो तहका उपनिवेशहरूमा सयौँको लाखौँ खर्चमा पछि रहन्छ ।
साम्राज्यवाद मृत्युश्ययामा सुतेको पुँजीवाद हो किनभने यो समाजवादमा जानका लागि सङ्क्रमणमा रहेको पुँजीवाद हो । एकाधिकार, जुन पुँजीवादबाट विकसित हुन्छ, पहिले नै मरिरहेको पुँजीवाद हो, यसको सङ्क्रमणको सुरु समाजवाद हो । साम्राज्यवादद्वारा लेवरको अत्यधिक समाजवादीकरणले उही परिणाम उत्पादन गर्दछ । उत्पादनको सामाजिक चरित्र र स्वामित्वको निजी चरित्रबिच पुँजीवादको आधारभूत अन्तर्विरोधले अझ ज्यादा मात्रै धेरै तीव्र प्राप्त गर्छ । यसरी लेनिन भन्नुहुन्छ, “साम्राज्यवाद सर्वहाराको सामाजिक क्रान्तिको उत्सव हो ।