Blog

जनयुद्धका महान् सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईंको शालिक अनावरण भव्य

जनयुद्धका महान् सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईंको शालिक अनावरण भव्य

काभ्रे : काभ्रे जिल्लाको कात्तिके देउराली स्थित सरस्वती माविमा जनयुद्धका महान सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईको शालिक अनावरण गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कडेल प्रतीक लगायतका नेताहरुले एक विशेष समारोहका बिच शालिकमा खादा र अविर लगाएर शालिकको अनावरण गर्नुभयो । कार्यक्रममा सहिदद्वयको नाममा स्थापित पुस्तकालयको पनि सोही अवसरमा उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नेता हरिभक्त कडेलले भन्नुभयो, “जनयुद्धका सहिदहरुको सपना नेपालमा जनताको गणतन्त्र स्थापित गर्ने थियो, त्यो अझै प्राप्त भएको छैन, जनयुद्धकै बलमा स्थापित भएको अहिलेको कथित लोकतान्त्रिक गणतन्त्र जनताको हुन सकेन, केवल सभ्रान्त दलाल वर्गको बन्न पुग्यो । सहिदहरुका ती सपना अपुरा सपना…
Read More
सहकारी पीडितहरुको त्यो माग सही छ : वरिष्ठ नेता,सि.पि. गजुरेल (गौरव)

सहकारी पीडितहरुको त्यो माग सही छ : वरिष्ठ नेता,सि.पि. गजुरेल (गौरव)

सहकारी पीडितहरुको आन्दोलन प्रति हाम्रो पार्टीको समर्थन छ सि.पि. गजुरेल (गौरव)वरिष्ठ नेता, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल० कान्तिपुर पत्रिकाले गृहमन्त्री रवि लामिछानेले सहकारीमा करोडौं ठगी गरेको भनेर लगातार समाचार सम्प्रेषण गरिरहेको छ । गृहमन्त्री रवि लामिछाने मातहतको प्रहरी प्रशासनले कान्तिपुरका प्रोपाइटर कैलाश सिरोहियालाई किर्ते नागरिकताको अभियोगमा गिरफ्तार गरेको छ । यो घटनालाई कसरी हेरिरहनु भएको छ ?–यो घटनाको पछाडि आन्तरिक र बाह्य कारण छन् भन्ने लाग्छ । आन्तरिक कारणमा कान्तिपुरले रवि लामिछानेले सहकारीमा गरेको घोटाला, रकम हिनामिनाबारे लगातार समाचार सम्प्रेषण गरिरहेको छ । रवि लामिछाने यसबाट चिढिएर उनले त्यो पत्रिकाका मालिक वा संचालकलाई बदला लिन खोजिरहेका थिए । त्यो समाचार सम्प्रेषणबाट…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेकाे एकता भेला बैठक तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेकाे एकता भेला बैठक तथा प्रशिक्षण सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) का बीचमा केन्द्रीय र क्षेत्रीय स्तरमा पार्टी एकता अधिवेशन सम्पन्न भइसकेको अवस्थामा बाँके जिल्लामा पनि २०८१ जेठ १३ गते एकता अधिवेशन सम्पन्न भएको छ ।बाँके जिल्ला संगठन समितिका संयोजक कृष्णबहादुर शाह (परिवर्तन) ले २०८१ जेष्ठट १४ गते बाँके जिल्लामा एकता अधिवेशन सम्पन्न भएको एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।प्रेस विज्ञप्तिमा एकता अधिवेशनको पूर्ण जानकारी दिनुका साथै ६५ सदस्यीय जिल्ला संगठन समिति गठन भएको जानकारी गराइएको छ ।प्रस्तुत छ विज्ञप्तिको पूर्णपाठः “नेपालको कम्युनिष्ट आन्दोलन दक्षिणपन्थि संशोधनवादको वाहुल्यता रहेको विधमान अवस्थामा क्रान्तिकारीहरुको एकता तथा धुव्रिकरण आजको ऐतिहासिक आवश्यकता हो ।…
Read More
कथित गणतन्त्र – झनक श्रेष्ठ ‘प्रज्वल’

कथित गणतन्त्र – झनक श्रेष्ठ ‘प्रज्वल’

आयो भन्छन् गणतन्त्रखोइ कहाँ आयो गणतन्त्र ?आयो भन्छन् लोकतन्त्रखोइ कहाँ आयो लोकतन्त्र ? लेखक : झनक श्रेष्ठ 'प्रज्वल' ए कठपुतलि होकता लादैछौं देशलार्र्ईए तस्कर होकहाँ धकेल्दैछौ देशलाईए लम्पट भ्रष्टहरुकहाँ लुकाउँदैछौैं कालोधनए सुदखोर होकति खान्छौ भन कमिशनकमिशन कति खान्छौए खुपिया एजेन्सिका दलाल होभागबन्डाको फोहोरी खेल खेल्दैजनताको पसिना र रगतको आहालमा आयो भन्छन् गणतन्त्रखोइ कहाँ कहिले आयो गणतन्त्र ?गरिबीको झुपडीमा ?आयो भन्छन् लोकतन्त्रखोइ कहाँ आयो लोकतन्त्र ?गाउँ र शहरहरुमाआयो त केबल सिंहदरबारमाआयो त केबल बालुवाटारमाखोइ कहाँ आयो गणतन्त्र ?मेरो देशमा । मेरो झुपडीमा ? इतिहासकाे पानाबाट
Read More

प्रतिकूलतालाई पनि अनुकूलतामा बदलेर क्रान्तिको सही नेतृत्व गर्न सक्छौं:संयाेजक किरण

‘थुप्रै आन्दोलनहरु अगाडि बढाइयो । कम्युनिस्टहरुले थुप्रै थुप्रै किसान संघर्ष, जनसंघर्ष, वर्ग संघर्षहरु सञ्चालन गर्दै आए । झापा विद्रोह पनि महत्वपूर्ण परिघटना हो । दशवर्षको जनयुद्ध एक ऐतिहासिक परिघटना हो । ती आन्दोलनहरु गर्दै आउँदा आखिरमा हामीले जुन सफलताको आशा, अपेक्षा गरेका थियौं, महान जनयुद्धमा त्याग, वीरता र बलिदान प्रचुर मात्रामा भएका थिए । तर पनि आन्दोलन सफल हुन सकेन । यसमा चिन्ता, दुःख त लाग्छ । तर चिन्ता र दुःख मानेर मात्रै हुँदैन । यो क्रान्तिको इतिहास अत्यन्तै जटिल छ । क्रान्तिको बाटो बाङ्गो टिङ्गो हुन्छ । क्रान्ति सरल रेखामा जाँदैन । क्रान्ति र प्रतिक्रान्ति साथसाथै हिड्छन् । अनेकौं…
Read More
इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस भव्य रुपमा सम्पन्न

इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस भव्य रुपमा सम्पन्न

काठमाडौं : इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ भव्य रुपमा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रममा चार जना स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको छ । इच्छुक स्मृति पुरस्कारबाट संयुक्त रुपमा सरला रेग्मी (दाङ) र नुमराज बराल(कास्की)लाई पुरस्कृत तथा सम्मानित गरियो भने इच्छुक प्रतिभा पुरस्कार अन्तर्गत साहित्यतर्फ तिर्थबहादुर तामाङ (पेमा) (भोजपुर) र कलातर्फ असल तामाङ वाईवा(सिन्धुपाल्चोक)लाई पुरस्कृत तथा सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक एवम् बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले अबिर, दोसल्ला र सम्मान पत्रसहित पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । सम्मानित तथा पुरस्कृत हुनु भएका स्रष्टाहरुले…
Read More
२३औं इच्छुक स्मृति दिवसमा प्रभातफेरि कार्यक्रम सम्पन्न

२३औं इच्छुक स्मृति दिवसमा प्रभातफेरि कार्यक्रम सम्पन्न

काठमाडौं : कवि, साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको २३ औं स्मृति दिवसमा आज प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको छ । रत्नपार्क शान्तिबाट सुरु भएको प्रभातफेरि पुरानो बसपार्क हुँदै प्रदर्शनीमार्गस्थित पुलिस क्लव अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । अखिल नेपाल जनसांस्कृतिक महासंघ, क्रान्तिकारी प्रेस संगठन र जनपत्रकार संगठनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता महासंघका संयोजक हिरामणि दुःखीले गर्नुभएको थियो भने सञ्चालन महासंघका महासचिव कुशल बोगटीले गर्नुभएको थियो ।कार्यक्रममा हिरामणि दुःखी, क्रान्तिकारी प्रेस संगठनका सहसंयोजक नारायण पंगेनी, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विक, प्रगतिशील पत्रकार संगठनका पूर्व अध्यक्ष नारायण शर्मा, श्रमिक पत्रकार संघका अध्यक्ष जन्मदेवी जैसीले पत्रकार कृष्णसेन इच्छुकका हत्यारालाई कारबाही गर्न…
Read More
पार्टी एकतालाई मजबुत बनाउने अभिभारा

पार्टी एकतालाई मजबुत बनाउने अभिभारा

करिब सत्र महिना अगाडि तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) ले एकीकृत पार्टी निर्माणका लागि वार्ता शुरुवात गरेका थिए । त्यस सिलसिलामा प्रधान तथा आधारभूत अन्तरविरोधको प्रश्न, युगको विश्लेषणको प्रश्न, नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासलाई हेर्ने प्रश्न, कमरेड माओका योगदानलाई मूल्यांकन गर्ने प्रश्न, आजको पूँजीवाद तथा दक्षिणपन्थी संशोधनवादको चरित्रलाई हेर्ने प्रश्न, नेपाल तथा विश्व कम्युनिष्ट आन्दोलनको आत्मगत तथा वस्तुगत अवस्थालाई मूल्यांकन गर्ने प्रश्नलगायतका कैयन विषयमा सार्वभौम सहमति कायम भएको थियो । त्यसका साथसाथै लेनिनवादी संगठनात्मक प्रणाली, कार्यनीति तथा रणनीतिका विषयमा पनि विमति रहेन । सैद्धान्तिक र वैचारिक रुपमा धेरै कुरामा अन्तर नभएपछि पार्टी एकताका लागि ढोका…
Read More
संगठन र संगठन सञ्चालनको पद्धतिबारे

संगठन र संगठन सञ्चालनको पद्धतिबारे

संगठन निर्माणको उद्देश्य: संगठन (Organization) भन्ने शब्दको व्युत्पत्ति ग्रिक भाषाको ओर्गानोन (Organon) भन्ने पदावली बाट भएको हो। यो पदावलीको शाब्दिक अर्थ उपकरण (Tool), साधन (Instrument) अथवा अंग/अवयव (Organ) भन्ने हुन्छ। संगठन भनेको निश्चित उदेश्य अंगालेको र एक वा धेरै मानिसहरु सम्मिलित भएको कुनै संघ अथवा संस्था हो। संगठन लाई एउटा कानुनी व्यक्ति (Entity) पनि मानिन्छ/भनिन्छ। अर्काशब्दमा भन्नुपर्दा, संगठन भनेको मानिसहरुको एउटा त्यसतो समुह हो जसले संगसंगै मिलेर कार्य गर्दछन। किनभने एकल व्यक्तिले एक्लै कार्यगर्दा भन्दा धेरै मानिहरुले एकसाथ मिलेर कार्यगर्दा धेरै उपलब्धि हासिल गर्न सकिने हुन्छ। त्यसो भएकाले संगठनको निर्माण हुन्छ/गरिन्छ। कुनैपनि संगठन अस्तित्त्वमा रहनकालागि निम्नलिखित कुराहरु आवश्यक हुन्छन: १.…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ५ नं. प्रदेशकाे पार्टी एकता सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ५ नं. प्रदेशकाे पार्टी एकता सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते पाँच नम्बर प्रदेश स्तरीय अधिवेशन दाङको घोराहीमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक श्याम बहादुर बोहोरा ( क. अटल) सहसंयोजकहरू कृष्ण के सी , शेर कुमार खडका,निरज कुमार के। सी।सहित १५१ सदस्यीय पाँच नम्बर प्रदेश समिति गठन गरेको छ । अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य राम सिंह श्रीस (क.राजबीर ), अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं ४ नं. प्रदेश इन्चार्ज हरिभक्त कँडेल (क. प्रतीक ), केन्द्रीय कार्यालय सदस्य एवम ४ नं.प्रदेश संयोजक (क. प्रवाह ), केन्द्रीय कार्यालय सदस्य…
Read More