
बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) का बीचमा केन्द्रीय र क्षेत्रीय स्तरमा पार्टी एकता अधिवेशन सम्पन्न भइसकेको अवस्थामा बाँके जिल्लामा पनि २०८१ जेठ १३ गते एकता अधिवेशन सम्पन्न भएको छ ।
बाँके जिल्ला संगठन समितिका संयोजक कृष्णबहादुर शाह (परिवर्तन) ले २०८१ जेष्ठट १४ गते बाँके जिल्लामा एकता अधिवेशन सम्पन्न भएको एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।
प्रेस विज्ञप्तिमा एकता अधिवेशनको पूर्ण जानकारी दिनुका साथै ६५ सदस्यीय जिल्ला संगठन समिति गठन भएको जानकारी गराइएको छ ।
प्रस्तुत छ विज्ञप्तिको पूर्णपाठः “नेपालको कम्युनिष्ट आन्दोलन दक्षिणपन्थि संशोधनवादको वाहुल्यता रहेको विधमान अवस्थामा क्रान्तिकारीहरुको एकता तथा धुव्रिकरण आजको ऐतिहासिक आवश्यकता हो । त्यस सिलसिलामा नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (मशाल),नेकपा (बहुमत) पार्टीहरु विगत एकडेढ वर्ष देखि तिनपक्षिय छलफल वार्ता भई रहेको अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी)र नेकपा (बहुमत) विच २०८० वैशाख १८ गते मे दिवसको सन्दर्भमा पार्टी एकता घोषणा भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निर्माण भएको थियो ।
यसैको निरन्तरतामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा ९मशाल० संग २०८१ वैशाख महिनाको १९ गते मे दिवसको सन्दर्भमा पार्टी एकता सम्पन्न भएको थियो । एकताले क्रान्तिकारीहरु विचको एकता र धुव्रिकरण लाई अझ वृहत बनाउन संकल्पवध्त रहेको छ । नेपालि क्रान्तिको गहनतम कार्यभार लाई पुरा गर्ने छ भन्ने अशा र विश्वास प्रकट गर्दछ ।

एकता अधिवेशन कार्यक्रमका प्रमुख अथिति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय कार्यालय सदस्य तथा ६ नं. प्रदेश इन्चार्ज प्रेम सुवेदि (प्रमोद) त्यसै गरि विषेश अथिति ६ नं. प्रदेश संयोजक पहल बहादुर रावल (संगम),६ नं. प्रदेश सह–संयोजक दिपक बहादुर शाहि (प्रकाश उर्जा), प्रेम बहादुर चलाउने (अनन्त),ऋषिराम थारु, कमला खड्का (कर्णालि) र अखिल (क्रान्तिकारी) का ६ नं. प्रदेश इन्चार्ज हरि विष्ट रहनुभएको थियो ।
नयाँ निर्वाचित कमिटिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अथिति प्रेम सुवेदि (प्रमोद) ले पार्टी एकताको आवश्यकता र समसामयिक विषयमा धारणा राख्नु भयो । नवनिवार्चित समितिलाई अथितिहरु पहल बहादुर रावल, दिपक बहादुर शााहि, प्रेम बहादुर चलाउने, ऋषिराम थारु, कमला खड्का (कर्णालि), र हरि विष्टले वधाई तथा सफल कार्यकालको शुभकाकना दिनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता कृष्ण बहादुर शाह परिर्वतन र सञ्चालन मान बहादुर भण्डारिले गर्नु भएको थियो । एकता अधिवेशनमा जिल्लाका सबै प्रतिनिधिहरु सहभागि भएका थिए । क्रार्यक्रमको समापन अध्यक्षता गरिरहेका कृष्ण बहादुर शाह परिर्वतन ले गर्नु भएको थियो ।”
