क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ५ नं. प्रदेशकाे पार्टी एकता सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते पाँच नम्बर प्रदेश स्तरीय अधिवेशन दाङको घोराहीमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक श्याम बहादुर बोहोरा ( क. अटल) सहसंयोजकहरू कृष्ण के सी , शेर कुमार खडका,निरज कुमार के। सी।सहित १५१ सदस्यीय पाँच नम्बर प्रदेश समिति गठन गरेको छ ।

अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य राम सिंह श्रीस (क.राजबीर ), अतिथिहरु केन्द्रीय कार्यालय सदस्य एवं ४ नं. प्रदेश इन्चार्ज हरिभक्त कँडेल (क. प्रतीक ), केन्द्रीय कार्यालय सदस्य एवम ४ नं.प्रदेश संयोजक (क. प्रवाह ), केन्द्रीय कार्यालय सदस्य एवं पाँच नम्बर प्रदेश इन्चार्ज कृष्ण पौडेल (क.कुमोद ) हुनुहुन्थ्यो । निरज कुमार के सी ले हाउसमा प्रदेश कमिटीको प्यानल प्रस्तुत गर्नु भयो र हाउसले ताली बजाई प्यानल अनुमोदन गरेको थियो ।

कार्यक्रमको अध्यक्षता प्रदेश सहसंयोजक शेरकुमार खडका ( का. गति ) , संचालन प्रदेश सहसंयोजक कृष्ण के.सी. तथा स्वागत केन्द्रीय सचिवालय सदस्य निरज के सी ( समीर ) ले गर्नु भएका थियो । कार्यक्रममा केन्द्रीय समितिको परिपत्र वाचन गरिएकोथियो । रक्तिम साँस्कृतिक अभियानका पूर्व अध्यक्ष नारायण योगीले “उठ्नु पर्ने भो , जुट्नु पर्ने भो, तिमी हामी सबै मिली उठ्नु पर्ने भो “बोलको गीत प्रस्तुत गर्नु भएको थियो । सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएकोथियो ।

जेष्ठ १० गते घोराहीमै घोषणा सभा सम्पन्न भयो । रामसिङ श्रीस, हरिभक्त कँडेल,कृष्ण पौडेल ,केन्द्रीय सल्लाहकार पिताम्बर भट्टराई लगायतले मन्तब्य राख्नुभएको थियो । घोषणा सभाको सन्चालन शेरकुमार र अध्यक्षता समीर र स्वागत कृष्ण के सीले गर्नु भएकोथियो

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?