विलासी जीवन हाेइन नारी
अधिकार र कर्तव्यकाे खाेजी गर
उपभाेग्य बस्तु हाेइनाै हामी
स्वतन्त्रताकाे निम्ति संघर्ष गर।।
अाधा संसार याे धर्ती हाम्रै हाे चिन्ता नगर।।

सन् १८५७ मा समान काम समान ज्याला लगाएतका माग राख्दै अमेरिकी गार्मेन्टमा कार्यरत महिलाहरूले हडताल गरेका थिए । जस्काे सम्झनामा सन् १९१० मा डेनमार्ककाे काेपनहेगनमा भएकाे अन्तर्राष्ट्रिय महिला सम्मेलनले (क्लारा जेट्किन लगाएतका महिलाहरूकाे प्रस्तावमा) साेहि दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने निर्णय गर्याे । त्यसैबेलादेखि याे दिवस विश्वब्यापि रूपमा मनाउन थालियाे । जसलाई सन् १९१७ मा लेलिनकाे नेत्रृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि साेभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता दिएर याे मनाउने घाेषणा गर्याे । तर १९७५ मा संयुक्त राष्ट्रसङ्घले “श्रमिक” शब्द हटाएर अन्तर्राष्ट्रिय महिला दिवसका नामबाट शाेषक बर्गका महिलाहरूले पनि उक्त दिवस मनाउन थाले । यसै क्रममा नेपालमा पनि पन्चायती पालादेखि दिवसका रूपमा मनाउन थालियो । यस अमेरिकी महिलाहरूको त्याग र बलिदानीबाट प्राप्त उक्त दिनलाई पछिल्लो समयसम्म हेर्दा फेसनको रूपमा मनाउने प्रचलन बढ्दो देखिन्छ ।
शदियाैदेखि हरेक समाजका हरेक तहमा अनेक किसिमका शाेषणबाट उत्पीडित हामी सतहमा हेर्दा जति खुसि सुखि र स्वतन्त्र देखिएता पनि वास्तविक रूपमा हेर्दा अाम चपेटामा नै देखिन्छाै । अझ हाम्रो जस्तो पितृ सत्तात्मक पुरातनबादी साेच बाेकेकाे नेपाली समाजलाई नियाल्दा राजनीतिक रूपमा पछिल्लो समयमा महिला सहभागिता हेर्दा अावरणमा निकै फड्को मारेको अाभास हुन्छ । जस्मा राज्यका प्रमूख तथा अति विशिष्ट पददेखि स्थानीय तहसम्म करिब (९० प्रतिसत स्थानीय तहमा) भएकाे महिला सहभागिता सायद कमै मुलुकमा हाेला जस्तो लाग्छ । तर बिडम्बना जुनसुकै पदमा महिलाहरू नेतृत्व तहमा देखिएता पनि महिलाको नेतृत्व स्वीकार्न पुरूषवादी चिन्तन बाेकेका राष्ट्र नायकहरू (भनाैदाहरू) तयार देखिदैनन् । जहाँ, जहिले र जसरी पनि हामी नारीहरूलाई सहयाेद्दाकाे रूपमा नभई सहयाेगी, सहायककाे रूपमा लिने परम्परा छ । तसर्थ राज्यको उपल्लो निकायमा पुगेका महिलाहरूले पनि लैङ्गिक विभेदका विरूद्द खासै तदारुकता देखाएको पाइदैन । अावरणमा हेर्दा समाजवाद उन्मुख सम्रृद नेपाल सुखी नेपालीकाे नारा घन्काईरहेका छाै । याे नारा कहाँबाट कसरी ल्याईयाे थाहा छैन् । मैले बुझेकाे समाजवाद त सामाजिक न्यायमा अाधारित/अहिलेसम्म पछाडी पारिएका समुहलाई राज्यको मुल धारमा ल्याउने कुरासँग सम्बन्धित छ । यस्मा महिला समूह पनि पक्कै अटाइनु पर्ने हाेला । अन्य मूलधार बाहिरका शक्तिकाे पनि सुनुवाइ हुनुपर्ने हाेला । बर्तमान परिवेशमा हेर्दा लाग्दैन हामी समृद्धिकाे उत्कर्षमा छाै । अदम्य क्षमता र ऊर्जा भएका तनाम महिलाहरू राज्यको विभिन्न निकायमा हुँदाहुदै पनि महिलाकाे पहिचानकाे मुद्दा पुरूषमा अाश्रित छ । महिला नेतृत्व स्वीकार्ने सवालमा सरकारकाे नैतिक र भाैतिक जिम्मेवारीमा प्रश्नचिन्ह खडा हुँदै अाइरहेकाे छ । अझ दुर दराजका बस्तीमा हेर्दा त सजिलै बुझ्न सकिन्छ कि महिला दाेसा्े दर्जाको नागरिक हाे जस्लाई एउटा अाम नागरिक भएर जीउने, बाेल्ने, पढ्ने र जीवनमा अघि बढ्ने अधिकार छैन् । अाफ्नै शरीरप्रतिकाे पहुँच छैन । निशब्द, रूपमा हरेक समाजकाे, परिवारकाे, अन्याय अत्याचारको अाहालमा बस्नु परेको छ । दिनानुदिन कारूणिक घटनाले अाक्रान्त बन्नु परेकाे छ । महिला राष्टपति भएकाे गणतन्त्रात्मक मुलुकमा दिन दाहाडै बलत्कार जस्तो जघन्य अपराधकाे सिकार बन्नु परेको छ । सती, कमलहरी, छाउपडी, बाेक्सि अादि प्रथाहरू कानुनी कागजमा हटाइएता पनि ती बस्तीका नारीहरूकाे जीवन स्तरमा अझैसम्म सुधार अाएकाे छैन्। बर्सेनि महिलाहरूको जीवनस्तरमा सुधार ल्याउने उदेश्यले सरकारी तथा गैरसरकारी निकायबाट खर्चिने रकम तथा कार्यक्रमहरू लक्षित महिला वर्गमा पुग्न नसक्नु, डलरका खेति गर्ने नारीवादीहरू, महिला अधिकारक्रमिहरू, जथाभावी माैलाउदै जानुले अाम नेपाली समाजलाई दिनानुदिन खाेक्राे बनाउदै (लुटि ल्यायाे भुटी खायाे जस्तै) लगेको स्थिति छ । हरेक क्षेत्रमा शाेषणकाे रूप फेरिएको छ चरित्र उस्तै छ ।
हिजोको सामन्तवादी समाजकाे चंगुलबाट माेही किसानहरू मुक्त भए तर महिलाहरू पुँजीवादी शाेषणकाे चक्रमा पिल्सिरहेका छन् । हिजोका दिनमा नारीहरू दृश्यमै शाेषित थिए तर वर्तमानका नारीहरू विभिन्न बहानामा शाेषित नै छन् । विगतदेखि वर्तमानमा हेर्दा लैङ्गिक शाेषण झन कहालिलाग्दो देखिन्छ । जस्ले (पुँजीवादले) महिलाहरूलाई उपभोग्य बस्तुकाे रूपमा बजारमा भएकाे सस्तो मूल्यमा किनबेच गर्ने दुस्साहस गर्दैछ । अत हरेक गाउँ-गाउँबाट बस्ति-बस्तीबाट उठाै, जागाै नारी नारीका बिच कुनै खालकाे द्वेष नसाचाै । याे या त्यो पार्टीको महिला वा कार्यक्रम भन्ने दलिय स्वार्थ भन्दा माथि उठेर सही अर्थमा लैङ्गगिक उन्मुक्तिकाे निम्ति एकाकार हाै । स्वाभिमान, अात्मसम्मानका साथ बाँचाै । मदर टेरेसा, फ्लाेरेन्स नाइटेङगल, वेलेजे भुट्टाे, राेजा पार्ट, हेलेन केलर जेनि कु्पसाकाय अादि पनि नारी नै हुनुहुन्थ्यो । उहाँहरू प्रति नमन । जुन जीवनभर फूल बनेर चम्किएका उहाँहरूका कृतिहरू सुबास बनेर विश्वभर फैलिएका छन् । सबै नारीहरूले किर्तिमान राख्न नसकेता पनि अगाडि बढ्ने साहस गराै । ११२ अाैँअन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सम्पूर्णमा धेरै -धेरै शुभकामना ।