क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे चितवनमा ११ कठ्ठा बढी जग्गा कब्जा

चितवन : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले रत्ननगर नगरपालिका–६ मा रहेको ११ कठ्ठा १८ धुर व्यक्तिको नाममा रहेको जग्गा कब्जा गरेको छ ।

पार्टीका जिल्ला संयाेजक विकासले आज एक विज्ञप्ति जारी गरी जग्गामा ब्यानर र झण्डा राखेर सो जग्गा कब्जा गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विज्ञप्तिमा भूमाफियाहरुले ईन्द्रराज चौधरीलाई नारायणगढको एक होटलमा लगेर जालझेल गरेर सही किर्तै गरी जग्गा कब्जा गरेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ टिकेन्द्र चौधरी, भक्तबहादुर ठगुल्ला, रामकृष्ण बर्ताेला, संगिता तामाङ, सीता ढकाल, प्रेम बराल, कृष्णकुमार श्रेष्ठ र अप्रत्यक्षरुपमा लागेका अन्य मिलेर पीडित ईन्द्रबहादुर चौधरीको सो जग्गा खाएका छन् । जबसम्म चौधरीलाई उचित न्याय हुँदैन । उनले लिएको पाँच लाख ७० हजारको सावा ब्याज बुझाउने र उनको सम्पूर्ण जग्गा उनको नाममा आउँदैन । भूमाफिया दलाललाई राज्यले कारबाही गर्देन । तबसम्म रत्ननगर–६ मा रहेको इन्द्रराज चौधरीको लाली गुराँस सहकारीले बिक्री गरेको काठमाडौँ कृष्णकुमार श्रेष्ठको नाममा रहेको नौ कठ्ठा एक धुर र भक्तबहादुर ठगुल्ला अध्यक्ष रहेको ब्रम्हदेव प्रालि संस्थाको नाममा रहेको दुई कठ्ठा १७ धुर जग्गा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले कब्जा गरेको छ ।’

विज्ञप्तिमा जग्गाको खरिदबिक्री र भोगचलन नगर्न पनि कडा चेतावनी दिइएको छ । विज्ञप्तिमा जग्गा दृष्टि बन्धकीको नाममा जनतालाई सुकुमबासी बनाउने सम्पूर्ण भूमाफियाहरुलाई कानुनको दायरामा ल्याएर जिउधनको सुरक्षा गर्न सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा विसं २०६४ सालपछि ठगुल्लाले सो जग्गा तीन करोडमा हेटौंडाको रामकृष्ण बर्ताेलालाई बेचेपछि उनले सहकारीबाट ऋण लिएर अमेरिका भागेको जनाइको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?