
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी लाङघालीद्वारा हस्ताक्षेरित पत्रमा उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ ।
उम्मेदवारी फिर्ता सम्बन्धी अपेक्षा पत्र शिर्षक दिएर लेखिएको पत्रको व्यहोरामा उल्लेख गरिएको छ, ” वर्तमान विश्व(भूराजनीतिक शक्ति सन्तुलनको प्रभाव, आन्तरिक राजनीतिक अस्थिरता, नवउदारवादी तथा नवउपनिवेशवादी हस्तक्षेप, कुशासन तथा जनअधिकारहरु निरन्तर कुण्ठित हुनुका कारण हाम्रो देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फस्दै गएको छ । जसका कारण राष्ट्रको स्वाधीनता, जनताको जनवादी अधिकार तथा मूल्य( मान्यता र भविष्य नै जोखिममा पार्दै गएको यथार्थ हामी सबैका सामु प्रस्ट छ ।“
पत्रको पूणपाठ तल दिइएअनुसार छ :


