काठमाडौं : प्रगतिशील साहित्यकार तथा जनकलाकार नारायण योगी काठमाडौ स्थित गंगालाल अस्पतालमा उपचाररत हुनुहुन्छ । टेकहरी न्यौपानेले बताए अनुसार योगीलाई मुटुको समस्या देखिएकाले कार्तिक १८ गते साँझ अस्पतालमा इमर्जेन्सीमा भर्ना गरिएको हो । कार्तिक १९ गते इको गरे पछि वार्डमा बेड नम्बर २३७ मा राखिएको थियो । कार्तिक २० गते सीसीयु बेड नम्बर ३३ मा राखिएको छ ।योगी रक्तिम साँस्कुतिक अभियानका पूर्व केन्द्रीय अध्यक्ष तथा हाल अखिल नेपाल जनसाँस्कृतिक महासंघका सहसंयोजक हुनुहुन्छ ।
प्रगतिशील साहित्यकार तथा जनकलाकार नारायण योगी गंगालालमा उपचाररत