तार्केश्वरमा अखिल (क्रान्तिकारी) को हाजिरजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा तार्केश्वर नगरपालिका स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा तार्केश्वर नगरपालिकाभित्रका २४ वटा विद्यालय सहभागी भएका थिए। प्रत्येक विद्यालयबाट तीन/तीन जना विद्यार्थीको टोली सहभागी भएको प्रतियोगितामा छात्राको सहभागिता अनिवार्य गरिएको थियो।

प्रतियोगितामा हिमरश्मी हाई स्कुल प्रथम भएको छ भने एन्जल हार्ट माध्यमिक विद्यालय द्वितीय र मेगा पब्लिक विद्यालय तृतीय भएका छन्। त्यस्तै सिर्जना ज्ञानसागर माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सान्त्वना भएका छन्।
प्रथम हुने विद्यालयले शिल्ड, मेडल, प्रमाणपत्रसहित नगद रु. १० हजार, द्वितीय हुनेले शिल्ड, मेडल, प्रमाणपत्रसहित रु. ७ हजार र तृतीय हुनेले शिल्ड, मेडल, प्रमाणपत्रसहित रु. ५ हजार पुरस्कार प्राप्त गरेका छन्। सान्त्वना हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी सबै विद्यार्थी तथा विद्यालयलाई सहभागिता प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता मिमबहादुर ऐडीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक वीरेन्द्र शाह उपस्थित थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा ग्रामीण क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रध्वज थापा, गोविन्द विष्ट र डिबी शाही लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन पारस राहादी मगरले गरेका थिए।

By जन बिहानी

Related Posts