अखिल भारत नेपाली एकता समाजमा मूल प्रवाहका दर्जनौं सदस्यहरू प्रवेश

महेन्द्र बस्याल/लखनउ, भारत : भारतमा कार्यरत नेपाली मजदुरहरुको प्रमुख संगठन अखिल भारत नेपाली एकता समाजमा मूलप्रवाहका दर्जनौं सदस्यहरु प्रवेश गरेका छन् । २८ अगस्त २०२४ का दिन एक बृहत भेलामा उनीहरु मूलप्रवाह परित्याग गरी अखिलभारत नेपाली एकता समाजमा प्रवेश गरेका हुन् ।

अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य विकास थापा र बसन्त वलीको पहल र केन्द्रीय सचिवालय सदस्य धनविर सुनारको विषेश उपस्थितिमा भारतको लखनउ शहरमा कार्यरत नेपाली मजदूरहरूबीच २८ अगस्त २०२४ का दिन एक बृहत भेला सम्पन्न भएको थियो ।उक्त भेलामा मूल प्रवाहका दर्जनौ सदस्यहरूले मूल प्रवाहको माउ पार्टी राष्ट्रिय जनमोर्चा र ने.क.पा (मसाल) ले जनताको हितमा भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्न दक्षिणपंथी नीति अवलम्वन गर्नुकासाथै कहिले एमाले त कहिले कांग्रेस परस्त नीतिको पछि लागेर आफ्नो अवसरवादी अभिष्ट पुरा गर्ने सिवाय अरू सिन्को नभाँचेको बताउदै एक वक्तव्य जारी गरेका छन् ।

नव प्रवेशीहरूलाई समाजका केन्द्रीय सचिवालय सदस्य धनविर सुनारले समाजको सदस्यता प्रदान गरेका थिए । धनवीर सुनारले अखिल भारत नेपाली एकता समाज भारतको एक मात्र पुरानो र भारतमा कार्यरत नेपालीहरूको हक हित र सुरक्षाको प्रत्याभूति गर्ने अभिभावकीय संगठन हो भन्ने कुरा औंलाउदै समाजको लक्ष्य र उदेश्यको बारेमा प्रष्ट पारेका थिए । उक्त भेलाले बसन्त ओलीको अध्यक्षतामा १३ पूर्ण २ वैकल्पिक २ सल्लाहकार गरी १७सदस्यीय अखिल भारत नेपाली एकता समाज लखनउ नगर संगठन समिति गठन गरेको छ। जसमा उपाध्यक्ष चेतलाल ओली, सचिव ईन्द्र बहादुर ओली, सह सचिव रिदम ओली, कोषाध्यक्ष तुलसीराम ओली, सदस्यहरू विकास थापा, विष्णु ओली, कुमार ओली, मिन बहादुर ओली, पूर्ण बहादुर ओली, राजेश सापकोटा, मनोज ओली, बसन्त खड्का वैकल्पिक सदस्य भीम बहादुर ओली, प्रेम के सी र सल्लाहकार सुरत सिह र एक स्थान रिक्त राखिएको छ। नव गठित समितिलाइ धनविर सुनार र विकास थापाले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?