क्रान्तिकारी खेलकुद महासंघ नेपालको रक्तदान

काठमाडौं : क्रान्तिकारी खेलकुद महासंघ नेपालले ललितपुर कुपोन्डोल स्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ३ नं. प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएकाे छ ।

रक्तदान कार्यक्रमको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणले गर्नु भएकोथियो ।

३० जनाले रक्तदानमा भाग लिनु भएकोथियो । क्रान्तिकारी खेलकुद महासंघ नेपालका संयोजक सूर्य भूजेलको अध्यक्षता,केदार खतिवडाको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा रक्तदाताहरूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रबक्ता एवम्
क्रान्तिकारी खेलकुद महासंघ नेपालका इन्चार्ज सुदर्शनले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा पार्टीका तीन नम्वर प्रदेश संयोजक अटल लगायतका नेताहरूको उपस्थिति थियो ।

By जन बिहानी

Related Posts