क्रान्तिकारी खेलकुद महासंघ काठमाडाैँ दक्षिणी क्षेत्रकाे भेला आयोजक समिति गठन

काठमाडाैँ: क्रान्तिकारी खेलकुद महासंघ काठमाण्डौ दक्षिणकाली भेला आयोजक समिति गठन भएको छ । २०८२ मंसीर २० गते वंशीघाटस्थित क्रान्तिकारी खेलकुद महासंघ ९ नं व्यूरो इन्चार्ज स्वाधिन तथा काठमाण्डौ दक्षिण क्षेत्रका इन्चार्ज मंगल तामाङको उपस्थिति,विकास तामाङको अध्यक्षता निराज लिम्बुको स्वागत तथा मंगल तामाङको संचालनमा सम्पन्न एक भेलाले आयोजक समिति गठन गरेको हो ।

भेलाले विकास तामाङको संयोजकत्वमा १५ सदस्सीय समिति गठन भएको छ । जसमा सदस्यहरु राजाराम रावल, किरण लिम्व, मुस्कान लामा , निशान रावल, सरोज मगर, यसवराज बुढा, रोशन दाहाल, लाक्पा छिरिङ थिङ ,कमल केसी ,प्रिन्स श्रेष्ठ, सुमन तामाङ रहनु भएको छ । दुइ स्थान रिक्त राखिएको छ ।

समिति गठन पछि बसेको बैठकले २०८२ साल पौष १५ भित्र भेला गर्ने , आवश्यक खेलकुद सामाग्री,खेलमैदान महासंघको केन्द्रसँग समन्वय गरी उपलब्ध गराउने पहल गर्ने निर्णय गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?