‘साम्बा’ को उपचार राज्यबाटै गरिनुपर्छ : क्रान्तिकारी युवा सङ्घ नेपाल

काठमाडौँ : क्रान्तिकारी युवा सङ्घ नेपालले राष्ट्रिय फुटबल खेलाडी साम्बाको उपचार राज्यले गर्नुपर्ने धारणा व्यक्त गरेको छ। क्रान्तिकारी युवा सङ्घ नेपालका केन्द्रीय संयोजक दोर्जी शेर्पाले २०८२ फागुन १३ गते एक वक्तव्य प्रकाशित गर्दै सो धारणा प्रकट गर्नुभएको हो। दोर्जीले वक्तव्यमा भन्नुभएको छ ,“राष्ट्रको साना राष्ट्रिय फुटबलर सावित्री भण्डारी ‘साम्बा’को स्वास्थ्य लाभको कामना गर्दछौँ ।आफ्नो व्यक्तिगत जीवन राष्ट्रमा समर्पण गर्दै मार्फत राष्ट्रिय गौरव उच्च स्थान राख्न निरन्तर संघर्षरत साम्बाको स्वास्थ्य उपचारको विषयले राज्य खेलाडीप्रति गैरजिम्मेवार भएकोमा क्रान्तिकारी युवा सङ्घ नेपालको ध्यान आकर्षण भएको छ।

यस प्रकारको गतिविधि तुरुन्त रोक्न राष्ट्रिय खेलाडी सावित्री भण्डारी साम्बा स्वास्थ्य उपचार खर्च राज्यको तर्फबाट गर्न आह्वान गर्दछौं। राष्ट्रिय स्तरका सबै खेलाडीको स्वास्थ्य उपचार, तलब भत्ता सुनिश्चित गर्न क्रान्तिकारी युवा सङ्घ नेपाल आह्वान गर्दछ। यस वक्तव्यलाई अवज्ञा गरेमा क्रान्तिकारी युवा सङ्घ नेपाल सङ्घर्षको कदम चाल्न बाध्य हुनेछ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?