राजनीति

महासचिव गौरवले दिए ३१औँ महान जनयुद्ध दिवसको शुभकामना

महासचिव गौरवले दिए ३१औँ महान जनयुद्ध दिवसको शुभकामना

सीपी गजुरेल काठमाडौं : ३१ औं महान जनयुद्ध दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ऐतिहासिक महत्वको वक्तव्य जारी गर्दै आगामी कथित संसदीय निर्वाचन सशक्त रुपमा बहिष्कार गर्न र स्वाधीन संयुक्त सरकार गठनका लागि आधार निर्माण गर्न सम्पूर्ण देशभक्त शक्तिहरुमा हार्दिक आह्वान गरेको छ ।पार्टीका महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “राष्ट्रिय स्वाधीनताको हिसाबले नेपाल यति गम्भीर स्थितिमा आजसम्म कहिल्यै पुगेको थिएन । देशको अस्तित्वनै खतरामा परेको आजको स्थितिमा यो देशद्रोही सरकारको खारेजी र पार्टीले अगाडि सारेको सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुका बीचको राष्ट्रिय राजनीतिक सम्मेलन, संयुक्त मोर्चा निर्माण, स्वाधीन संयुक्त सरकारको गठन र जनसंविधानको निर्माण गरी अग्रगमनको मार्ग प्रसस्त…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय गिरफ्तार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय गिरफ्तार

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी सेक्रेटरी रवि पाण्डेयलाई सदरमुकाम परासीको बुद्धचोकबाट प्रहरीले गिरफ्तार गरेको छ । जनयुद्व दिवस र निर्वाचन बहिष्कारको प्रचार गर्ने सिलसिलामा बुद्ध चोकमा कालो ब्यानर राख्ने नेतृत्व गरेको अभियोगमा पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले गिरफ्तार गरेको हो । कार्यक्रम सकेर होटलमा बसेको बेला संयुक्त संघर्ष समिति नवलपरासी संयोजक समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ,नेकपा( बहुमत), नेकपा र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निर्वाचन बहिष्कारको पक्षमा छ्न । गिरफ्तारको बाबजुद पनि सदरमुकाम परासीमा बहिष्कार को ब्यानर र पर्चा छ्यापछयाप्ती भेटिएका छ्न…
Read More
साम्राज्यवादी हस्तक्षेपका विरुद्ध लड्न जनयुद्ध अपरिहार्य हुन्छ : महासचिव सीपी गजुरेल

साम्राज्यवादी हस्तक्षेपका विरुद्ध लड्न जनयुद्ध अपरिहार्य हुन्छ : महासचिव सीपी गजुरेल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले साम्राज्यवादी हस्तक्षेपका विस्द्ध लड्न जनयुद्ध अपरिहार्य हुने बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिले आयोजना गरेको जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । नेपालमा लामो समयदेखि विस्तारवादी र साम्राज्यवादी हस्तक्षेप हुँदै आएको चर्चा गर्दै उहाँले भारतीय विस्तारवादले अप्रत्यक्ष रुपले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको भए पनि अमेरिकी साम्राज्यवादले विश्वभरि नै प्रत्यक्ष रुपले हस्तक्षेप गर्ने गरेको बताउनु भयो । उहाँले हालै भेनेजुएला, इरान लगायतका स्वतन्त्र र सार्वभौम मुलुकमाथि अमेरिकाले गरेको हमलाको चर्चा गर्दै नेपालको स्वाधीनतामाथि पनि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट हस्तक्षेपको खतरा दिनदिनै बढ्दै गएको…
Read More
अदालतकाे आदेशमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता पुर्णबहादुर खड्का रिहा

अदालतकाे आदेशमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता पुर्णबहादुर खड्का रिहा

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पुर्ण बहादुर खड्का जिल्ला अदालत सिन्धुलीबाट रु.१०००० धरौटीमा रिहा हुनु भएको छ । यही २०८२ माघ १६ गते सिन्धुली जिल्लाको दुधौलीबाट संसदीय निर्वाचन बहिष्कारको पर्चा वितरण गर्दै गर्दा फासिवादी कठपुतली सरकारका प्रहरीद्वारा गिरफ्तार गरेको थियो । राज्य विरुद्ध कसुरको झुट्ठा मुद्दामा बन्धक बनाएका खड्कालाई आज साझ ५ वजे आफ्नो परिवार तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्लाको रोहवरमा फासिवादी कठपुतली सरकार जिल्ला प्रहरी कार्यलय सिन्धुलीले रिहा गरेको छ । उहाँकाे रिहाइकाे माग गर्दै चरणबद्द आन्दाेलन केन्द्रीय संघर्ष समितिले गरेकाे थियाे भने । गिरफ्तारीकाे चाैतर्फि विराेध समेत भएकाे थियाे ।
Read More
संयुक्त संघर्ष समिति भक्तपुरले नेता खड्काको रिहाइको माग गर्दै बुझायो ज्ञापन पत्र

संयुक्त संघर्ष समिति भक्तपुरले नेता खड्काको रिहाइको माग गर्दै बुझायो ज्ञापन पत्र

काठमाडौं : संयुक्त संघर्ष समिति भक्तपुरले क्रन्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य पूर्ण बहादुर खड्काको रिहाइको माग गर्दे भक्तपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यलयको लागि ज्ञापन बुझाएको छ।
Read More
निर्वाचन बहिष्कार सम्बन्धी दोस्रो चरणको कार्यक्रम सार्वजनिक

निर्वाचन बहिष्कार सम्बन्धी दोस्रो चरणको कार्यक्रम सार्वजनिक

सीपी गजुरेल काठमाडौं : केन्द्रीय संयुक्त संघर्ष समितिले दोस्रो चरणको निर्वाचन बहिष्कारसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संयुक्त संघर्ष समितिका संयोजक सी.पी. गजुरेलले २०८२ माघ २० गते एक वक्तव्य जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।वक्तव्यमा दोस्रो चरणको कार्यक्रम आगामी माघ २० गतेदेखि फागुन ३ गतेसम्म सम्पन्न गरिने र दोस्रो चरणको कार्यक्रमको मूर्तयोजना स्थानीय संयुक्त संघर्ष समितिले बनाउने भनिएको छ । वक्तव्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खडकालाई सिन्धुलीमा गिरफ्तार गरी हिरासतमा राखेकोमा तुरुन्त रिहाई गर्न माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–“हामी पाँच कम्युनिस्ट पार्टीहरू, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत),…
Read More
अवसरवादीहरुले आफ्नो नाम भजायो : संयोजक नारायण पंगेनी

अवसरवादीहरुले आफ्नो नाम भजायो : संयोजक नारायण पंगेनी

काठमाडौं : सिद्धान्तहीन, चरित्रहीन अवसरवादी तत्वहरुले उनीहरुको पतन र विचलनलाई ढाल बनाएर आफ्नो वैचारिक आस्था, राजनीतिक निष्ठा र क्रान्तिकारी प्रतिबद्धतामाथि आक्रमण गर्ने दुस्साहस गरेको भन्दै क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण पंगेनीले कडा आपत्ति जनाउनु भएको छ । बालकृष्ण ओलीले आफ्नो नाम दुरुपयोग गरेको उहाँले बताउनु भयो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कुनै चुनावी पसल, सत्ताको भ¥याङ वा अवसरवादको शरणस्थल होइन । यो माक्र्सवाद–लेनिनवाद–माओवादको क्रान्तिकारी दर्शन, विचार र सिद्धान्तबाट पोलिएको ऐतिहासिक भट्टी हो । तर आज केही व्यक्तिहरू वर्गसंघर्षको बाटो त्यागेर दक्षिणपन्थी संशोधनवादको दलदलमा हामफाल्दै वैचारिक रूपमा नांगिँदै गएका छन् ।अझ गम्भीर कुरा त के छ…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी भक्तपुरले भने ‘संसदीय निर्वाचन बहिस्कार गराैँ !’

क्रान्तिकारी कम्युनिष्ट पार्टी भक्तपुरले भने ‘संसदीय निर्वाचन बहिस्कार गराैँ !’

भक्तपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी भक्तपुरले साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिस्कार गर्न सबै जनसमुदायमा अनुरोध गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भक्तपुरको आयोजनामा २० पौषमा प्रेस सोसाइटी सूर्यविनायकमा पत्रकार सम्मेलन गर्दै सो अनुरोध गरेको हो । साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिस्कार गरौं ,स्वाधीन संयुक्त सरकार गठन गरौं र सरकार विरुद्ध भ्रष्टाचार विरोधी संघष तीव्र पारौं भन्ने नारा सहित आयोजित पत्रकार सम्मेलनको अध्यक्षता सचिव सुरेश अधिकारी र संचालन पदम रानाले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पार्टीका पिविएम दिशेन शर्मा र विशेष अतिथि चिन्तामणि शर्मा रहनु भएको थियो । पत्रकार सम्मेलनमा वहाँहरुले पार्टीको धारणाहरु राख्दै आगामी फागुन २१ गते…
Read More
ट्रम्पको चरम फासीवादी कदमविरूद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

ट्रम्पको चरम फासीवादी कदमविरूद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासविच सीपी गजुरेल गौरवले एक वक्तव्य निकालेर अमेरिकी राष्ट्रपति ट्रम्पको चरम फासिवादी कदमको घोर निन्दा र विरोध गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पले भेनेज्वेलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मदुरो र उनकी श्रीमतिलाई अमेरिका ल्याएर मुद्दा चलाउने र भेनेज्वेलामा अर्को व्यवस्था नहोउन्जेल त्यहाँको सत्ता अमेरिकाले संचालन गर्ने घोषणा गरेका छन् । साथै, भेनेज्वेलाका सरकारी कर्मचारीहरुले मदुरोको पक्ष लिए भने तिनीहरुमाथि धेरै नराम्रो हुनेछ भन्ने धम्की समेत दिएका छन् । एउट सार्वभौम तथा स्वाधीन देशमाथि गरिएको सैन्य अतिक्रमण, त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतिलाई गरिएको गिरफ्तारी र…
Read More
जेलेन्स्की खडा गर्ने चुनाव बहिस्कार गर्नुको विकल्प छैनः दिनेश शर्मा

जेलेन्स्की खडा गर्ने चुनाव बहिस्कार गर्नुको विकल्प छैनः दिनेश शर्मा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गरेको छ । पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीको संवाद डबलीमा आयोजाना गरेका पत्रकार सम्मेलनमा नयाँ राजनीतिक शक्ति भनिएकाले चुनाव जितेपछि ‘नेपाली जेलेन्स्की’ तयार हुने र नेपाल युक्रेन बन्ने दाबी समेत गर्यो । पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले जेनजी दान्दोलन जनपक्षीय भएपनि त्यसको बलमा बनेको सरकारले अन्ततः पुरानै दिशातिर फर्काउने निश्चित भएकोले बहिस्कार गर्न बाध्य भएको जनाए । “२०१५ सारलदेखि अहिलेसम्म चुनाव भए अरबौं राष्ट्रिय ढुकुटी सकेर खर्च गरेपनि आखिर उहि विदेशी कठपुतलित निर्वाचित भए, के अब यस…
Read More