ट्रम्पको चरम फासीवादी कदमविरूद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासविच सीपी गजुरेल गौरवले एक वक्तव्य निकालेर अमेरिकी राष्ट्रपति ट्रम्पको चरम फासिवादी कदमको घोर निन्दा र विरोध गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पले भेनेज्वेलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मदुरो र उनकी श्रीमतिलाई अमेरिका ल्याएर मुद्दा चलाउने र भेनेज्वेलामा अर्को व्यवस्था नहोउन्जेल त्यहाँको सत्ता अमेरिकाले संचालन गर्ने घोषणा गरेका छन् ।

साथै, भेनेज्वेलाका सरकारी कर्मचारीहरुले मदुरोको पक्ष लिए भने तिनीहरुमाथि धेरै नराम्रो हुनेछ भन्ने धम्की समेत दिएका छन् । एउट सार्वभौम तथा स्वाधीन देशमाथि गरिएको सैन्य अतिक्रमण, त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतिलाई गरिएको गिरफ्तारी र मदुरोको पक्षमा कोही बोल्यो भने धेरै नराम्रो हुनेछ भनी दिएको धम्की ट्रम्पको चरम फासीवादी कदम, दादागिरी, अन्तर्राष्ट्रिय कानुनको गंभीर उल्लङ्घन र अमेरिकी राज्य आतङ्कको पराकाष्ठा हो । हाम्रो पार्टी ट्रम्पको यस कदमको घोर निन्दा तथा विरोध गर्दछ, गिरफ्तार राष्ट्रपति तथा उनकी श्रीमतिको अविलम्ब एवम् सकुशल रिहाइको माग गर्दछ र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि लडिरहेका भेनेज्वेलाका देशभक्त जनताको सङ्घर्षमा दरिलो ऐक्यबद्धता जाहेर गर्दछ ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?