क्रान्तिकारी कम्युनिष्ट पार्टी भक्तपुरले भने ‘संसदीय निर्वाचन बहिस्कार गराैँ !’

भक्तपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी भक्तपुरले साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिस्कार गर्न सबै जनसमुदायमा अनुरोध गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भक्तपुरको आयोजनामा २० पौषमा प्रेस सोसाइटी सूर्यविनायकमा पत्रकार सम्मेलन गर्दै सो अनुरोध गरेको हो । साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिस्कार गरौं ,स्वाधीन संयुक्त सरकार गठन गरौं र सरकार विरुद्ध भ्रष्टाचार विरोधी संघष तीव्र पारौं भन्ने नारा सहित आयोजित पत्रकार सम्मेलनको अध्यक्षता सचिव सुरेश अधिकारी र संचालन पदम रानाले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पार्टीका पिविएम दिशेन शर्मा र विशेष अतिथि चिन्तामणि शर्मा रहनु भएको थियो । पत्रकार सम्मेलनमा वहाँहरुले पार्टीको धारणाहरु राख्दै आगामी फागुन २१ गते घोषणा गरिएको संसदीय निर्वाचन बहिस्कार गर्ने बताउनु भएको छ र निर्वाचन बहिस्कार गरेर उच्च स्तरको राजीतिक व्यवस्था स्थापना गर्न लाग्न अनुरोध गर्नु भएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?